ग्रिड पूर्वाधार स्तरोन्नतिको जिम्मा जिईलाई

ग्रिड पूर्वाधार स्तरोन्नतिको जिम्मा जिईलाई
+
-

काठमाडौँ – नेपालमा ३ वटा ४ सय किलो भोल्टको ग्यास इन्सुलेटेड सब–स्टेसन (जिआइएस) निर्माणको ठेक्का जिईले प्राप्त गरेको छ।

नेपाल विद्युत् प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको यो अर्बौं रुपैयाँको विद्युत् प्रसारण एवं वितरण परियोजना एसियाली विकास बैंक र नेपाल सरकारको लगानीमा सञ्चालित नेपाल दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गतको आयोजना हो।

यस आयोजनाको लक्ष्य देशको ग्रिड प्रणालीमा करिब हजार मेगावाट्स (एमडब्लु) नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत् प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घरपरिवारलाई बिजुलीको पहुँचमा ल्याउने रहेको छ।

जिइ रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजिई) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेसन (जिआइएस) स्तरोन्नति गर्नेसम्बन्धी अर्बौंको ठेक्काको जिम्मा आफूले प्राप्त गरेको जानकारी गराएको छ।

यी आधुनिक सब–स्टेसनले उपत्यकाबाहिरका लाखौं घरपरिवारलाई बिनाअवरोध हाइड्रो ऊर्जा उपभोग गर्ने अवसर प्रदान गर्नेछन्।

नेपाल विद्युत् प्राधिकरणले जिईद्वारा प्रस्तुत प्रस्तावउपर स्वीकृति प्रदान गरेको हो।

जिईले स्तरोन्नति गर्ने जिम्मा पाएको ३ वटा जिआइएस सब–स्टेसनको क्षमता २२० किलो भोल्ट (केभी) बाट ४४० किलो भोल्ट(केभी) बनाउने रहेको छ।

जुन नेपाल दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा हो।

यस आयोजनाले नेपाललाई छिमेकी मुलुकसँग बढी भएको बिजुलीको व्यापार गर्न पनि समर्थ बनाउनेछ।

परियोजनाको नेतृत्व नेपाल विद्युत् प्राधिकरणले गर्नेछ र लगानी एसियाली विकास बैंक र नेपाल सरकारको रहनेछ।

‘यो परियोजना नेपालको सम्पूर्ण भूभागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने हाम्रो लक्ष्य पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम हो,’ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भने।

उनले सबै नेपालीलाई विद्युत् उपभोगको पहुँचमा ल्याउने र बिजुली व्यापारको सम्भावना पनि स्थापित गर्ने उद्देश्यअनुरुप जिईसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गरे ।

हिउँदमा हुने बिजुली अभावका कारण नेपालले वर्षौंसम्म लोडसेडिङको चर्को मार खेप्नुपरेको थियो । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय ऊर्जा क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी गरेको छ।

यद्यपि, बिजुली उत्पादन स्थलदेखि भारवहन केन्द्रसम्म अवरोधरहित र सहज विद्युत् आपूर्तिका लागि प्रसारण प्रणालीको क्षमता निरन्तर बढाउन जरुरी हुन्छ।

सन् २०१६ मा नेपाल सरकारले १० वर्षभित्र १० हजार मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने र बढी भएका बिजुली छिमेकी मित्रराष्ट्रहरूमा बिक्री गर्ने योजना अघि बढाएको छ।

यी योजनाले देशको प्रसारण प्रणालीको तत्काल विस्तार तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

जिईज ग्रिड सोलुसन्स, दक्षिण एसियाका सभापति तथा सीईओ पिताम्बर शिवनानीले भने, ‘नेपालको प्रसारण पूर्वाधार स्तरोन्नति गर्ने कार्यमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्न पाएकामा गौरव अनुभूति गरेका छौँ।’

उनका अनुसार विश्वभरका ९० प्रतिशतभन्दा बढी विद्युतीय उपकरण जिईको ग्रिड प्रविधिका साथ जडित छन्।

सब–स्टेसनले अत्यन्त आधुनिक ग्रिड प्रविधि प्रयोग गर्छन् जसमा छिटोछरितो प्रसारण, व्यापक भार नियन्त्रण र सही समय अनुगमनजस्ता फाइदा समाविष्ट हुन्छन्।

जिईको ग्यास इन्सुलेटेड सब–स्टेसन (जिआइएस) प्रविधि विश्वकै सबैभन्दा आधुनिक सब–स्टेसन प्रविधिमध्ये एक हो र स्थापनाका लागि एयर इन्सुलेटेड सब–स्टेसन (एआइएस) को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ।

नेपालको यो स्तरोन्नति आयोजनाका लागि आवश्यक सम्पूर्ण उपकरण जिईको ग्रिड सोलुसन्सको अत्याधुनिक नवीनतम प्रविधिको कारखानामा उत्पादन गरिनेछन् र त्यहीँबाट आपूर्ति पनि गराइनेछ।

यी कारखाना भारतको पडाप्पाइ, होसुर, नोएडा र पल्लवरममा अवस्थित छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?