बेहाल सञ्चारकर्मी

बेहाल सञ्चारकर्मी
+
-

कोभिड–१९ महामारीले विगत १४ महिनामा विश्वकै सामान्य जीवन र स्वभाविकरुपमा अर्थतन्त्रलाई ध्वस्त पारेको छ। नेपाल अपवाद हुने कुरै भएन। सामाजिक जीवन, नेपाली अर्थतन्त्र र आयश्रोतको महत्वपूर्ण अंश आतिथ्य र पर्यटन उद्योग आदिलाई समेत नराम्रोसँग गाजेको छ महामारीले। कतिपय उद्यमीहरु यो प्रतिकूल परिस्थितिलाई कसरी क्रमश अनुकुलतामा बदल्ने भन्ने प्रयासमा लागेका छन्।

यी सबै केही नकारात्मक, केही आशा र केही सफलताका तथ्यगत समाचार पस्कने सञ्चार जगतकै समाचार निराशाले भरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकका २८ जना पत्रकारहरुले संस्थाबाट सामूहिक राजीनामा दिएका छन्, या लिइएको छ। पत्रकारितालाई पेशाका रुपमा अंगालेको यो ठूलो समूहलाई अनिश्चित भविष्यको यात्रामा कदम वढाउन विवश बनाइएको छ।

निश्चय पनि कोभिड–१९ ले सञ्चार माध्यमलाई त्यत्तिकै प्रभावित गरेको छ, जति अन्य उद्योग र व्यवसायलाई। तर त्यो प्रतिकूल परिस्थितिमा पनि सञ्चार जगतले निष्पक्ष र समग्र सूचना आम जनमानसबीच प्रवाह गर्ने अपेक्षा गरिन्छ। त्यत्तिमात्र हैन, ऊ बढी सचेत, बढी जिम्मेवार र बढी सक्रिय हुने अपेक्षा हुन्छ। कान्तिपुर प्रकाशनले महामारीका प्रारम्भमा आफ्ना मुख्य दुई दैनिकका प्रकाशन केही दिन स्थगित गरेपनि सम्भवत आफ्नो दायित्व स्मरण गर्दै तिनको प्रकाशन सुरु गर्‍यो।

केही नकारात्मक, केही आशा र केही सफलताका तथ्यगत समाचार पस्कने सञ्चार जगतकै समाचार निराशाले भरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकका २८ जना पत्रकारहरुले संस्थाबाट सामूहिक राजीनामा दिएका छन्, या लिइएको छ।

विभिन्न प्रकाशनका संस्थापनहरुले तलब कटौती र केहीलाई पेशाबाट अवकाश समेत दिएको अवस्थामा पनि फ्रन्टलाइन वर्कर काम गरिरहे। सञ्चारकर्मीहरुको ज्यान समेत गएको छ महामारीमा।

यस्तो अवस्थामा के कुनै स्थापित या कानुन अनुरुप सञ्चालित सञ्चारगृह बिना कुनै दायित्व स्वेच्छाले बन्द हुने र त्यसअघि त्यहाँका कर्मचारीहरुलाई पदमुक्त गर्ने अधिकार रहन्छ? अन्नपूर्ण पोष्ट प्रसंगले अर्को प्रश्न पनि उब्जाएको छ। ठूला भनिएका प्राय सबै सञ्चारमाध्यमका मालिकहरुका अन्य व्यवसाय पनि सञ्चालनमा छन्। ती व्यवसायका प्रतिस्पर्धीलाई ठेगान लगाउन या तिनलाई यदाकदा प्रोत्साहित गर्न सम्बन्धित सञ्चार माध्यमको दुरुपयोग सबैले देखेका, भोगेका विषय हुन्। अहिले कोभिड–१९ महामारीमा सम्बन्धित सञ्चारकर्मीहरुको वृत्तिभरणलाई निरन्तरता दिन उक्त घरानाका उद्योगहरुको सहयोग किन लिइएन?

यो विवादले सञ्चारमा सम्पादकको भूमिका, सम्पादक मालिकको अन्धवफादार नोकर कि पत्रकार र अन्य कर्मचारीहरुको हितकारी मित्र? भन्ने वहश पनि जन्माउनै पर्छ। सुरक्षित सम्पादक र असुरक्षित पत्रकार, मोटाउँदो सञ्चारगृह तर हातमूख जोड्न धौधौ हुने पेशाकर्मी अनि त्यसको निराकरणको व्यवहारिक स्वरुप नदेखिनु दुखद मात्र हैन, अत्यन्त दुर्भाग्यपूर्ण हो। कलमले हैन, बल र कुस्ति अनि धनशक्तिले सञ्चारकर्मीको भाग्य निर्धारित हुने परिस्थिति स्विकार्य छैन, स्विकार्य हुनु हुँदैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?