सन्दीप जोरा र भेषावकरको सतकीय साझेदारी, सन्दीप लामिछाने नेतृत्वको टोलीलाई हराउँदै एपीएफ फाइनलमा

सन्दीप जोरा र भेषावकरको सतकीय साझेदारी, सन्दीप लामिछाने नेतृत्वको टोलीलाई हराउँदै एपीएफ फाइनलमा
+
-

काठमाडौँ- सन्दीप लामिछानेले कप्तानी गरेको काठमाडौँ मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै शसस्त्र प्रहरी बल-एपीएफ क्लब मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफलाई महत्वपूर्ण जित दिलाउन शरद भेषावकर र सन्दीप जोराले अर्धसतक बनाउनुका साथै सतकीय साझेदारी पनि गरे।

शरद ६१ र सन्दीप ६२ रनमा अविजित रहे। उनिहरुले चौथो विकेटका लागि एक सय १९ रनको साझेदारी गरेका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्स-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन जोड्यो।

एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए। काठमाडौँ मेयर्स-११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन बनाए। एपीएफले  १३ ओभरमा २ विकेट गुमाएर ४९ रन जोडेको छ।

एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्ने छ। चार खेलपछि यी दुवै टोलीले समान ६ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?