अनलाइन सञ्‍चारमाध्यम नवीकरणको म्याद जेठ मसान्तसम्म थप

अनलाइन सञ्‍चारमाध्यम नवीकरणको म्याद जेठ मसान्तसम्म थप
+
-

काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गराउन सक्ने व्यवस्था गरेको छ ।

कोभिड–१९ पछिको अवस्थामा सञ्चारमाध्यममा आर्थिकलगायत विविध समस्या देखा परेका समयमा ती माध्यमलाई सहज हुने गरी सञ्चारमन्त्री पार्वत गुरुङको पहलमा सो निर्णय भएको हो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले यही फागुन २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सो जानकारी गराए।

अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र अर्थात् पुस महिनाभित्र नवीकरण गराउनुपर्ने भन्ने व्यवस्था रहेकामा सोही निर्देशिकाको दफा ६ को (१) बमोजिम यस अघि राजपत्रमा सूचना प्रकाशन गरिकामा पछिल्लो सूचनाले संवत् २०७८ जेठ मसान्तभित्र अनलाइन सञ्चारमाध्यमले नवीकरण गराउने गरी तोकिएको उल्लेख गरिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?