श्वेता खड्काको आत्मस्वीकृति

‘म जीवनका दुखद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरु गर्दैछु’

‘म जीवनका दुखद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरु गर्दैछु’
+
-

मः जीवनको नवीन यात्रामा

जीवनका विभिन्न आरोह–अवरोह , उकाली–ओराली , सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु।

जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे–जस्ता पिर,व्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु।

‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भने झैं समयको दुष्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाई मात्र थाहा छ।

म देख्थेँ, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठुला–ठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन्। मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ।

‘के म यसो गर्न सकुँला र?’ आँफैसँग प्रश्न गर्थेँ।

आफ्नै प्रश्नमा आफैले उत्तर दिन्थेँ  ‘कि हुति हारेर मर्नुपर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ।’

अतः मैले मृत्‍युलाई रोजिनँ, जीवनलाई नै रोजेँ। अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु।

‘अब उठ्नै सक्दिनँ कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ। महिनैपिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ।

मनभित्र गाँठो परेर बसेका अव्यक्त बहहरुलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु व्यक्त गर्ने कोसँग?

मैले साथीसंगतीहरुको भीडमा आँखा डुलाएर हेरेँ तर मेरो पीडालाई महसुस गर्न सक्ने कोही देखिनँ। आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनुहुन्न भन्ने मनन गरेँ।

मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु।

अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आफै सम्हालिए अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहेँ।

‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवनसाथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे, अनि के यो पुरुषप्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र?,’ म मेरा हितैषीहरुलाई प्रश्न गर्थेँ।

आज मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु। विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु। मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु।

म जीवनको दुःखद् अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु। त्यसो भन्दैमा मैले मेरो अतितलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन।

अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन। तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौसला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु।

यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ‘के यो पुरुषप्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र?’

मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई चारजना व्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्ने छ। श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी विधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्ने छ।

तर मप्रति सहानुभुति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सधैँ मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशीर्वाद, सद्भाव र शुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई–चार जनाले स्वतः हार खानेछन्।

अतः कोरोनाको सन्त्रासका बीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य व्यक्तित्वहरु, संचारकर्मीज्यूहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु।

महामारीको यो माहौलमा सिमित व्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु।

उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

(अभिनेत्री स्वेता खड्काको फेसबुकबाट।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?