निशान भट्टराईसँग न्ह्यू बज्राचार्यको त्यो अन्तिम भेट

निशान भट्टराईसँग न्ह्यू बज्राचार्यको त्यो अन्तिम भेट
+
-

मोरंगका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा अडिसन दिन आउँदा गायक तथा संगीतकार न्ह्यू बज्राचार्यले एक प्रश्न सोधेका थिए । ‘निशान भट्टराई भन्ने पहिले एकजना सिंगर, याद छ?’ निशान एक शब्दमा जवाफ दिन्छन् ‘हजुर’ ।

‘दोस्रो रुप हो कि के हो?’ बज्राचार्य फेरि सोध्छन्, निशान लजाउँदै गीत गाउन सुरु गर्छन् । नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा चुलिँदो छ ।

तर ४० को दशकमा उदाएका धरानका वरिष्ठ गायक निशान भट्टराई भने अब यो संसारमा रहेनन् । सोमबार राति कार दुर्घटनामा उनको असामहिक निधन भयो । २०३७ साल तिर धरानमा आयोजित नेवार भाषाको एक सांगीतिक कार्यक्रममा न्ह्यू बज्राचार्य र निशान भट्टराईको पहिलो भेट भएको थियो।

‘धरानमा शम्भु राई र निशान भट्टराइँसग ३७ सालतिर मेरो पहिलो भेट भएको थियो, त्यहीबाट चिनजान भयो, पछि लामो समयसमम्म सांगीतिक यात्रा सँगै गर्‍यौँ’, बज्राचार्य भन्छन् ‘निशानको स्वर निकै मिठो थियो ।’

पछि निशान काठमाडौँ आएपछि आफूहरुको भेट बाक्लो भएको बज्राचार्य बताउँछन् । ‘दरबारमार्गमा अम्मर नाम गरेको एक गजल गायन हुने रेष्टुरेन्ट थियो । त्यहाँ गजल गाउन सुरु गरेपछि निशान निकै पपुलर भयो, उसको लाइफ स्टाइल नै निकै चेन्ज भयो’, बज्राचार्य सम्झन्छन् ।

‘हरेक कुरामा पर्फेक्ट मान्छे थियो, उसको मेमोरी पावर निकै बलियो थियो, मैले दिएका गीतहरु एकै पटक कण्ठस्थ गर्न सक्ने उसको क्षमताले म प्रभावित भएको थिएँ’ न्ह्यूले भने ।

सोमबार राति दरबारमार्गस्थित आफ्नै वानथाई रेष्टुरेन्टमा प्रस्तुती सकेर निवास फर्कने क्रममा तिनकुनेमा कार दुर्घटना हुँदा निशानको निधन भएको खबरले बज्राचार्य मर्माहत छन् ।

‘एक महिनाअघि मात्रै म साथीहरुकाबीच निशानको रेष्टुरेन्टमा गएको थिएँ, निकै रमाइलो भएको थियो, अचानक यस्तो खबर सुन्दा पत्याउनै सकिरहेका छैन’, उनले भने ।

‘आज मेरो साथी आउनुभएको छ, उहाँले नेपाल आइडलमा मेरो नाम लिँदा म फेरि एक पटक पपुलर भएको थिएँ, धेरै धेरै धन्यवाद न्ह्यू’, गीत गाउँदै निशानले भनेको बज्राचार्य सम्झिरहेका छन् ।

यो पनि पढ्नुहोस्

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?