बिचल्ली

असारको बाढीले विस्थापितहरु अहिले पनि विद्यालयमै, भन्छन्, ‘कहाँ जाने ?

असारको बाढीले विस्थापितहरु अहिले पनि विद्यालयमै, भन्छन्, ‘कहाँ जाने ?
+
-

जनकपुरधाम – असारमा आएको भारी वर्षाको कारण विस्थापित भएका जनकपुरका केही व्यक्तिहरु अहिले पनि आफ्नो घरमा फर्कन सकेका छैनन् । कोही आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् भने अधिकांशको बसोबास विद्यालयमा रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२४ बसहिया कायस्थ टोलमा घर भएकी शेलो मण्डलले बाढीले घर बगाएपछि विद्यालयमा बसिरहेको र अहिलेसम्म घर फर्कन नसकेको बताइन् ।

उनी राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा परिवार र गाई बाख्रासहित बसोबास गरिरहेकी छन् । बाढी पीडितहरु विद्यालयमा बसेपछि विद्यालयको पढाई प्रभावित बनेको छ ।

असार अन्तिम साता आएको वर्षाले शेलु मण्डलको घर भत्केपछि उनको परिवार बिचल्लीमा परेको हो । घरबार बिहिन भएको करिब तीन महिना भईसकेपनि पुनस्र्थापनामा कसैले सहयोग नगर्दा उनको परिवारको विद्यालय बसाई लम्बिएको हो ।

राहतको नाममा केही प्याकेट चाउचाउ बाहेक केही नपाएको उनले बताइन् । ‘राहतको नाउमा चाउचाउ बाहेक केही पाउन सकेका छैनाैँ । घर बनाउन पैसा छैन, कहाँ जाने?’ शेलुले भनिन् ।

‘छोराको कमाईले खान पनि पुग्दैन् । कहीलेकाहीँ भोकै सुत्नुपर्छ । फेरि बालबच्चादेखि हामी सबै बेलाबेलामा बिरामी परिरहेका हुन्छौँ,’ सेलुले पीडा सुनाइन् । उनको बुहारी मिथिलेश देवी ६ महिनाकी गर्भवती छन् ।

पैसा र ठाउँ अभावले बस्नै गाह्रो परेको उनको परिवारलाई बच्चाको डेलिभरी कहाँ गराउने चिन्ताले सताएको छ । सहयोेगी हातलाई कुर्दै उनी विद्यालयमा बसिरहेकी छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?