जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु
+
-

जनकपुरधाम– गृह मन्त्रालय र प्रदेश–२ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा शुक्रवारदेखि जनकपुरधाममा दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ।

प्रदेशमा दिनानुदिन बढदै गएका आपराधिक घटनालाई न्यूनिकरण गर्ने उदेश्यले दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरु भएको हो।

गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागिता छ।

संघ तथा प्रदेशबीचमा सुरक्षा व्यवस्थामा कुनै कठिनाई नआओस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको गोष्ठीमा प्रदेश सरकार मातहत रहेका सुरक्षा अधिकारीहरु पनि सहभागि छन्।

सुरक्षा गोष्ठीमा संघ तथा प्रदेशमा भएको सुरक्षा व्यवस्थालाई एकीकृत रुपमा परिचालन गरेर प्रदेशको सुरक्षा व्यवस्था अझै प्रभावकारी बनाउने विषयमा विचारविमर्श जारी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा प्रदेश–२ का आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, जिल्ला हेर्ने नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको छ।

कार्यक्रममा सुरक्षा सम्बन्धी कानूनहरुले दिएको अधिकारको विषयमा पनि छलफल जारी छ। यसमा प्रदेश सरकारको अधिकारको विषयमा पनि प्रदेशको आन्तरिक मामिला मन्त्रीले आफ्नो कुरा राखेका थिए।

खास गरेर प्रदेश प्रहरी गठनको विषयमा छलफलसमेत हुने भएको छ। दुई दिने गोष्ठीमा शनिबार गृहमन्त्री रामबहादुर थापा वादल र प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागि हुने जनाइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?