डकैती गर्दै गर्दा दुई भारतीयसहित चारजना डाँका पक्राउ

डकैती गर्दै गर्दा दुई भारतीयसहित चारजना डाँका पक्राउ
+
-

जनकपुरधाम – जनकपुरधामको एउटा पसलमा डकैती गर्ने क्रममा चारजना डाँका पक्राउ परेको छ।

बिहीबार बिहान साढे ३ बजेको समयमा डकैती गर्न लागेका चारैजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्रउ पर्नेमा दुईजना भारतीय र दुईजना नेपाली नागरिक रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाएका छन् ।

बिहानको समयमा पसलको सटर फोरेर डकैतीको प्रयास गरिहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सटर फोड्ने क्रममै देखेपछि डाँकाहरु भाग्न खोजेका थिए ।

पक्राउ गर्नका लागि चेतावनी पूर्वक फायर गरे पनि नरोकिएपछि तीन राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । एकजनाको खुट्टामा गोली लागेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए । डाँकाहरुको साथबाट एउटा कटुवा पेस्तोल र तीन राउण्ड गोली समेत बरामद भएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?