यस पटक प्रदेश दुई सरकारले पनि संविधान दिवस मनाउने

यस पटक प्रदेश दुई सरकारले पनि संविधान दिवस मनाउने
+
-

जनकपुरधाम– यस पटक प्रदेश–२ सरकारले पनि संविधान दिवस मनाउने भएको छ।

मंगलबार बसेको प्रदेश–२ को मन्त्रिपरिषद् बैठकले आगामी असोज ३ गते संविधान दिवसको अवसरमा तीन दिने क्रार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको प्रदेश–२ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यक्रमको पहिलो दिन असोज २ गते अहिले डेंगुको समस्या देखिएकोले यसबाट बच्न र ड्रग्स नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम गरिनेछ।

यस्तै दोस्रो दिन असोज ३ गते विभिन्न कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम राखिएको मन्त्री यादवले जानकारी दिए।

आफूहरु संविधानबाट पूर्ण रुपले सन्तुष्ट नभएपनि संविधानले केही हक अधिकार दिएकोले सामान्य रुपमा संविधान दिवस मनाउन लागेको मन्त्री यादवले बताए।

अघिल्लो वर्ष प्रदेश २ सरकारले संविधान दिवस मनाएको थिएन। मधेशवादी दलहरुले अहिले पनि संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?