संघीय सरकार विकासको बाधक बनेको मुख्यमन्त्री राउतको आरोप

संघीय सरकार विकासको बाधक बनेको मुख्यमन्त्री राउतको आरोप
+
-

जनकपुरधाम– प्रदेशमा औद्योगिक वातावरण निर्माणको लागि संघीय सरकारले अप्ठ्यारो सिर्जना गरेको प्रदेश–२ को मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन्।

जनकपुरधाममा आइएलओ नेपालद्वारा आयोजित साना तथा मझौला उद्योगको लागि उपयुक्त वातावरण निर्माण सम्बन्धी सार्वजनिक निजी सम्वाद कार्यक्रममा मुख्यमन्त्री राउतले यसतो आरोप लगाएका छन्।

उनले प्रदेश सरकारले औद्योगिक विकासको निम्ति पहल गरेपनि संघीय सरकारले समयमा आवश्यक ऐन कानून बनाउन नसकेको बताए।

प्रदेश सरकारले प्रदेश नं. २ मा लगानी गर्ने उद्योगहरुलाई २० वर्ष सम्म कर छुट गर्ने, जग्गाको व्यवस्थापन गर्ने जस्ता नीति अघि सारे पनि संघीय सरकारका मन्त्रीहरुले विभिन्न बखेडा झिकेर प्रदेशको अधिकार क्षेत्र भित्र हस्तक्षेप गर्न खोजेको आरोप लगाए।

मुख्यमन्त्री राउतले प्रदेश–२ का सबैभन्दा बढी युवा रोजगारीका लागि खाडी मुलुकमा जान बाध्य भएकोले उनीहरुलाई रोजगारमूलक तालिम दिएर साना व्यवसायहरु संचालनका लागि समक्ष बनाउन प्रदेश सरकारले ठोस योजनाका साथ अघि बढेको र त्यसको परिणाम केही दिन भित्रै देखिने दावी समेत गरे।

कार्यक्रमका प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेश सरकारले औद्योगिक विकासका लागि लिएको नीति बारे व्याख्या गरेका थिए।

त्यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा औद्योगिक क्षेत्रको अवस्था र त्यसको चुनौतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?