अस्थायी शिक्षकहरुको धर्नामा राज्यमन्त्रीको समर्थन

अस्थायी शिक्षकहरुको धर्नामा राज्यमन्त्रीको समर्थन
+
-

जनकपुरधामा-विगत एक महिना देखि निरन्तर धर्नामा बस्दै आएका प्रदेश-२ का अस्थायी शिक्षकहरुलाई प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवको साथ पाएको छ।

अस्थायी शिक्षकहरु संघिय सरकारले अन्याय गरेको भन्दै विगत एक महिनादेखि आन्दोति छन्। आन्दोलन परिचालन समितिले विभिन्न माग राख्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी २९ दिन देखि निरन्तर धर्ना जारी राखेका छन्।

आफ्नो जिवनभरको समय शिक्षण संस्थामा दिएका अस्थायी शिक्षकहरु राष्ट्रलाई सेवा गरेपनि सरकारले वेवास्ता गरेको भन्दै अस्थाई शिक्षकहरु धर्नामा बसेको हो।अस्थायी शिक्षकहरु उमेरको हदसम्म पेशाको ग्यारेन्टी र स्वास्थ्य उपचार लगायत माग राख्दै असार २० गते देखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी धर्नामा बसेका हुन।

करिव एक महिनादेखि आन्दोलन गर्दै आएपनि सरकारले कुनै वेवास्ता नगरेको भन्दै धर्नालाई अझै निरन्तरता दिने अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्र कुमार यादवले बताए।

आफ्नो जीवनको महत्वपुर्ण समय शिक्षा क्षेत्रमा दिएको तर बुढेशकाल आएपछि आफुहरुलाई बेरोजगार बनाएको भन्दै संघिय सरकारको गलत नितिका कारण प्रदेश २ का करिव १ हजार २ सय शिक्षकको रोजगार खोसिएको उनले दुःख व्यक्त गरे।

संविधानको धारा ३३ मा मौलिक हक अन्तर्गत रोजगारीको व्यस्था गरिएपनि सरकारले आफुहरुलाई बुढेशकालमा सडकमा आन्दोलन गर्न वाध्य बनाएको संयोजक यादवले बताए।

शिक्षकहरु असार २० गतेदेखि निरन्तर बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालय अगाडी धर्नामा बस्दै आएका हुन्। तर आज यस आन्दोलनमा प्रदेश २ का राज्यमन्त्रीको समर्थन पाएपछि अस्थायी शिक्षकहरुमा झन उत्साह बढेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?