वीरेन्द्रनगरको बजेट एक अर्व

वीरेन्द्रनगरको बजेट एक अर्व
+
-

सुर्खेत-कर्णाली प्रदेश राजधानीको नगरपालिकाका रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि भौतीक पूर्वाधारलाई प्राथमिकतामा राखेर एक अर्व बढीको बजेट ल्याएको हो।

नगरले एक अर्ब १९ करोड ९६ लाख ५० हजार चार सय बराबरको बजेट सार्वजनिक गरेको वीरेन्द्रनगरका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।
उनका अनुसार नगरपालिकाले चालु तर्फ ७४ करोड ९३ लाख ३८ हजार चार सय र पुँजीगत तर्फ ४५ करोड तीन लाख १२ हजार रुपैयाँको बजेट नगर सभामा स्वीकृत गरेको हो।

प्रदेश राजधानीको नगर भएकाले आवश्यक पूर्वाधार विकास गर्ने नीतिलाई प्राथमिकता दिइएको छ।

स्वच्छ खानेपानी तथा सरसफाइमा पँहुज विस्तार, कृषि तथा पशुपालन सेवालाई ब्यवसायीक रोजगारमुलक तर्फ उन्मुख गर्ने, उद्योग तथा ब्यवसायीको सृर्जना, वीरेन्द्रनगर शैक्षिक पर्यटनको गन्तब्य बनाउने, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, युवा तथा महिला स्वरोजगारलगायतका कार्यक्रम नगरले तय गरेको छ।

एक वडा एक ३० लाख बढिको गौरवको आयोजना संचालन गर्ने, भेरी नदीका विभिन्न घाटहरुमा धार्मीक स्थल निर्माण, वीरेन्द्रनगर–६ मा स्मार्ट शौचालय निर्माणलगायतका कार्यक्रमलाई नगरले आगामी आवको नीति तथा बजेटमा समेटेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?