कर्णालीका मुख्यमन्त्रीलाई खेलाैना कार उपहार

कर्णालीका मुख्यमन्त्रीलाई खेलाैना कार उपहार
+
-

सुर्खेत– कर्णाली सरकार विलासी बन्दै गएको भन्दै साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई खेलौना कार उपहार दिएको छ।

प्रदेश सरकारले विकास बजेट रकमान्तर गरी गाडिहरु किनेको भन्दै त्यसको प्रतकात्मक विरोध स्वरुप साझा विवेकशीलका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मंगलबार मुख्यमन्त्री शाहीलाई खेलौना कार उपहार दिएका हुन्।

कर्णाली प्रदेशले चालु आर्थिक वर्षमा ४२ वटा गाडी खरिद गरेको छ। यस्तै अझै १२ वटा गाडी टेन्डर प्रक्रियामा रहेका छन्।

यस्तै साझा विवेकशीलले प्रदेशको आगामी बजेटमा युवा तथा रोजगारमूलक कार्यक्रम ल्याउनु पर्ने, नागरिकलाई शिक्षा र स्वास्थ्य नि:शुल्क गरिनु पर्ने, कर्णालीमा मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायतका मागसहितको ध्यानाकर्षण पत्रसमेत बुझाएको साझा विकेकशीलका कर्णाली प्रदेश संयोजक दाहालले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?