रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्‍न मुख्यमन्त्री राउतको सुझाव

रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्‍न मुख्यमन्त्री राउतको सुझाव
+
-

जनकपुरधाम-मुख्यमन्त्री लालबाबु राउतले रेडियो नेपाललाई अनेकतामा एकताको सुत्राधार बन्‍न सुझाव दिएका छन्।

महोत्तरी बर्दिवासमा रेडियो नेपालको प्रदेश नं. २ प्रादेशिक प्रशारण सेवाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मुलुकलाई एउटै भाषा, एउटै भेषको मानसिकता बाट माथि उठ्न बताएका छन्।उनले प्रादेशिक प्रशारण मार्फत स्थानीय भाषाहरुलाई प्राथमिकतामा राख्नु स्वागत योग्य रहेको समेत उल्लेख गरेका छन्।

स्थानीय भाषामा प्रशारण गरिने समाचार, सूचना, मनोरंजन तथा सामग्रीहरुले सम्पूर्ण नेपालीहरुमा रेडियो नेपाल प्रतिको अपनत्व बढने उल्लेख गर्दै मुख्यमन्त्री राउतले मैथिली, भोजपुरी, बज्जिका, मगहीका साथै हिन्दी थारु लगायतका भाषाहरुलाई समेत प्राथमिकतामा राख्न आग्रह गरे।

प्रादेशिक प्रशारणको शुभारम्भ पछि केन्द्रिय प्रशारणमा रहेको मैथिली, भोजपुरी लगायतका भाषाको प्रशारणलाई समेत निरन्तरता दिन मुख्यमन्त्री राउतले आग्रह गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले संघीयताका जननी प्रदेश २ लाई संघीयताको सफलताको अगुवाई समेत गर्नु पर्ने उल्लेख गरेका थिए।

उनले भने, ‘संघीयताको माग यसै भूमि बाट भएको हो, संघीयताको सफलताको लागि प्रदेश नं. २ ले चालिने कदम अन्य प्रदेशका साथै संघका लागि समेत मार्गदर्शक हुने छ। उनले सो अवसरमा सलहेश फुलवारीमा बैशाख १ गते मात्र फुल्ने सलहेश फुलको हुलाक टिकट प्रकाशन गरिने प्रतिबद्धता समेत जनाएका छन्।

कार्यक्रममा प्रदेश नं. २का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले रेडियो नेपाललाई सही सूचनाको आधार स्तम्भ बन्नु पर्ने बताएका छन् । उनले प्रदेश नं. २ का सरकार पूर्ण संचारमैत्री रहेको उल्लेख गर्दै संचारमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्यहरु, स्थानीय तहका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?