मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलन गर्ने कांग्रेस नेता निधीको चेतावनी

मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलन गर्ने कांग्रेस नेता निधीको चेतावनी
+
-

जनकपुर – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन धनुषाको एक कार्यक्रममा उनले पत्रकार र प्रेस जगतको स्वतन्त्रतामाथि अंकुश लगाउने गरि ल्याइएको मिडिया काउन्सिल विधेयक विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका उपसभापति निधिले प्रेस जगत र पत्रकारलाई मर्यादित बनाउन प्रेस काउन्सिल ऐन हुँदाहुँदै मिडिया काउन्सिल विधेयक ल्याउनुको कुनै औचित्य नरहेको बताएका छन् ।

उनले भने, ‘सरकारले मिडियामाथि आफ्ना नियन्त्रण राख्न नियतवश ल्याइएको यो एउटा अधिनायकवादको नीति हो । प्रेस जगतलाई अझै मर्यादित बनाउनुपर्ने र थपघट कुरा समावेश गर्न आवश्यकता थियो । प्रेस काउन्सिल ऐनलाई संशोधन वा परिमार्जन गर्न सकिन्थ्यो तर यसप्रकार दुई तिहाई बहुमतको हैकमवादी देखाएर आफ्ना मन्त्रालयको एउटा शाखाको रुपमा मिडिया काउन्सिल ल्याएर प्रेसको स्वतन्त्रतामाथि अंकुश लगाउनु गलत हो ।’

यस्तै, मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई एक करोड रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म जेल सजायको व्यवस्था राख्नुले नै सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको स्पष्ट भइसकेको आरोप उनको छ । उनले भने, ‘यसको विरुद्धमा हामी छौँ, आवश्यकता परे पत्रकारको समन्वयमा आन्दोलन गर्नेछौँ ।’

निधिले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकाले तत्काल मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गरेका छन् । यो मिडिया काउन्सिल, विज्ञापन र सूचना प्रविधि सम्बन्धी विधेयक लगायतका कानूनको नाममा प्रेस स्वतन्त्रतामाथिको आक्रमण गलत हो र यो नेपाली कांग्रेसलाई सह्य हुदैन भन्दै आवश्यकता परे आन्दोलनमा जाने चेतावनी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?