कूटनीतिक मर्यादा नाघ्दै मलेसियन दूतावास

कूटनीतिक मर्यादा नाघ्दै मलेसियन दूतावास
+
-

काठमाडौँ– काठमाडौँस्थित मलेसियन दूतावासले कूटनीतिक मर्यादा विपरीत काम गरेको पाइएको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका विषयमा दुई देशबीच भएको सहमति विपरीत नेपालले खारेज गरेका संस्थाको पक्षमा पत्राचार गरेको हो।

मलेसियाकै सरकारले मापदण्ड पठाएपछि नेपालमा नयाँ स्वास्थ्य संस्था छनोट भइरहेको छ। तर, मलेसियन दूतावासले भने त्यसलाई चुनौती दिने गरी पुरानै संस्थाको एकाधिकार रहने उल्लेख गर्दै पत्राचार गरेको हो। जबकि गत कात्तिक १२ गते बसेको दुई देशका संयुक्त कार्यदलले गरेको सहमतिको बुँदा नम्बर ‘एफ’मा मलेसियाले नयाँ मापदण्ड पठाउने र नेपालले सोही अनुसार नयाँ संस्था सूचीकरण गर्ने प्रस्ट उल्लेख छ।

त्यही बुँदालाई टेकेर नेपालले १२ सरकारी अस्पताल तथा ठूला निजी अस्पताललाई समेत सूचिकरण गर्ने तयारी गरेको छ। हरेक प्रदेशमा पर्ने गरी स्वास्थ्य मन्त्रालयले १२ वटा सरकारी अस्पताल सिफारिस गरिसकेको छ।

तर मलेसियन दूतावासले लेखेको पत्रले भने नेपालको यो कामलाई अस्वीकार गर्ने प्रस्ट्याएको छ। यही विषयमा देश सञ्चारसँग श्रम मन्त्रालयका सचिव महेश दाहालले भने, ‘हामी मलेसिया सरकारसँग नियमित सम्पर्कमा छौं। हामीले त्यही अनुसार काम गरिरहेका छौं।’

श्रम मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासको पत्रको सिधै खण्डन नगरे पनि त्यसलाई आधार मानेर लेखिएका समाचारलाई गलत भनेको छ। मन्त्रालयले नयाँ संस्था सूचीकरणको काम भइरहेको बताएको छ।

यस्तै मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार नयाँ संस्था सूचिकरण र नयाँ मापदण्ड अनुसार काम गर्ने विषयमा छलफल गर्न मलेसियाको एउटा टोली केही दिनभित्रैमा नेपाल आउने तयारीमा छ।

परराष्ट्र मन्त्रालयले पनि मलेसियन दूतावासको भूमिका बारे बुझ्ने बताएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले यो विषय हेर्ने मन्त्रालयका अधिकारी हाल बाहिर रहेकाले यस विषयमा जानकारी दिने बताए।

यसअघि मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी कैलास खड्काको नाममा पत्र काट्दै यसअघि काम गर्दै आएका ३७ वटा संस्थाले मात्रै अब पनि काम गर्ने बताएको थियो। दूतावासले ती ३७ वटा संस्थाको नामावलि समेत संलग्न गरेको थियो।

नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारी पछि त्यही दिन बसेको संयुक्त कार्यदलको बैठकले सहमती गरिसकेको र सोही अनुसार नयाँ संस्था सूचिकरणको प्रक्रिया अगाडि बढेको मन्त्रालयको दाबी छ।

यसअघि मलेसिया सरकारले नै मापदण्ड पठाएपछि श्रम मन्त्रालयले एक सय २६ वटा नयाँ स्वास्थ्य संस्था तथा अस्पताल सूचिकरणको प्रक्रिया गत चैत १८ गते अगाडि बढाएको थियो।

कैलास खड्काको नाममा मलेसियन दूतावासले काटेको पत्र

 

 

यो पनि पढ्नुहोस्

स्वास्थ्य परीक्षणको विषयमा श्रम मन्त्रालय र मलेसियन दूतावासबीच जुहारी

स्वास्थ्य परीक्षणको विषयमा श्रम मन्त्रालय र मलेसियन दूतावासबीच जुहारी

मलेसियन दूतावासले पठायो पुराना संस्थालाई मात्रै अनुमति रहेको पत्र

मलेसियन दूतावासले पठायो पुराना संस्थालाई मात्रै अनुमति रहेको पत्र

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?