भाउजुसँगको अनैतिक सम्बन्ध लुकाउन श्रीमती जलाउने पक्राउ

भाउजुसँगको अनैतिक सम्बन्ध लुकाउन श्रीमती जलाउने पक्राउ
+
-

जनकपुरधाम– धनुषामा श्रीमतीलाई जलाएर हत्या गर्ने श्रीमान र उनकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय श्रीमान मुकेश गोइत यादव र २५ वर्षीय श्यामादेवी यादवलाई पक्राउ गरिएको हो। घटनापछि फरार रहेका अभियुक्तहरुलाई पक्राउगरि बिहीबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो।

वैशाख ५ गते राति खाना बनाउँदै गरेकी निर्मलादेवी यादवलाई उनको श्रीमानले शरिरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। भाउजु श्यामाको इशारामा मुकेशले निर्मलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

प्रहरी उपरीक्षक खनालका अनुसार मुकेश र उनकी भाउजु २५ वर्षीया श्यामाबीच विवाह पूर्वदेखि नै अनैतिक सम्बन्ध रहेको थियो। उनीहरुबीचको सम्बन्धबारे निर्मलाले थाहा पाएपछि मुकेश र श्यामासँग पटक पटक विवाद हुँदै आएको थियो।

मुकेश र श्यामाको सम्बन्धलाई लिएर वैशाख ५ गते पनि निर्मला र श्यामाबीच झगडा भएको थियो। दुबै पक्षबीच झगडा हुन थालेपछि मुकेशले झगडा छुट्याई निर्मलालाई कुटपिट समेत गरेका थिए। त्यही दिन भाउजुले उक्साउँदा मुकेशले श्रीमतीको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगो लगाएर फरार भएका मुकेशलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय, सबैलाको प्रहरी टोलीले वैशाख २५ गते पक्राउ गरेको थियो।

मुकेशलाई विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको गड्डा चौकीबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो। मुकेशको बयानको आधारमा उनकी भाउजु श्यामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ।

श्रीमान्‌ले आगो लगाएपछि स्थानीयको सहयोगमा प्रहरीले निर्मलालाई अस्पताल पुर्‍याइएको थियो। जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई काठमाडौँ शिक्षण अस्पताल पठाइएको थियो। तर आगोबाट शरिरको करिब ७० प्रतिशत भागको जलेको हुँदा उपचार सम्भव नभएपछि थप उपचारको लागि कीर्तिपुर अस्पतालमा भर्ना भएकी निर्मलाको वैशाख १६ गते मृत्यु भएको थियो।

जिल्लाको कमला नगरपालिका वडा नं.५ की निर्मलाको १० महिनाअघि मात्र मुकेश गोईतसँग विहे भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?