वैदेशिक रोजगारको अर्को पाटो

यो वर्ष झण्डै ८ सय नेपालीकाे विदेशमा मृत्यु

यो वर्ष झण्डै ८ सय नेपालीकाे विदेशमा मृत्यु
फाइल तस्बिर।
+
-

काठमाडौँ–रोजगारीका लागि नेपाली पुगेका देशमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढि असुरक्षित देखिएका छन् । २०७५ सालमा विदेशमा ज्यान गुमाउनेको तथ्यांक अनुसार सबैभन्दा बढि मलेसिया र त्यसपछि साउदी रहेको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार २०७५ वैशाख १ गतेदेखि चैत २९ गतेसम्ममा मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या २ सय ५३ जना रहेको छ। यो बोर्डमा आर्थिक सहायता लिन आउनेहरुको तथ्यांक हो ।

यस बाहेक पनि केही संख्यामा आवेदन दिइनसकेका हुन सक्ने बोर्डको अनुमान छ। आवेदन दिएर क्राइट एरियामा नपर्नेको पनि संख्या भएकाले त्यहाँ ज्यान गुमाउनेको संख्या अझै बढि रहेको छ।

यो एक वर्षमा साउदीमा ज्यान गुमाउनेको संख्या २ सय जना रहेको छ। साउदीमा एक महिला र एक सय ९९ जना पुरुषको ज्यान गएको हो । कतारमा एक सय ३१ र युएईमा ९२ जनाको ज्यान गएको बोर्डको तथ्यांक छ।

युएईमा २०७५ सालमा १० महिला र ८२ जना पुरुषको ज्यान गएको हो। कतार ज्यान गुमाउने सबै पुरुष रहेका छन्।

यस्तै कुवेतमा ३७, दक्षिण कोरियामा २०, बहराइनमा १२ र ओमानमा ५ जना नेपालीको ज्यान गएको छ। २०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुषले ज्यान गुमाएको बोर्डको तथ्यांक रहेको छ। यो बोर्डबाट आर्थिक सहायाता लिनेको तथ्यांक हो ।

सरकारले वैदेशिक रोजगारीका लागि एक सय १० देश खुल्ला गरेकोमा यो वर्ष २२ देशमा नेपालीको ज्यान गएको छ।

१० वर्षमा ७ हजार बढिकाे विदेशमा मृत्यु, यस्तो छ कारण


बितेका १० वर्षमा रोजगारीका लागि विभिन्न देशमा पुगेका ७ हजार बढि नेपालीले ज्यान गुमाएका छन्। २०६५ सालको साउनदेखि यता वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार ७ हजार २ सय ६० बढिले ज्यान गुमाएका हुन्।

यो संख्या बोर्डको सचिवालयमा आर्थिक सहायता लिनेहरुको मात्रै हो । यस बाहेक पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेहरु धेरै रहेको बोर्डको अनुमान छ।

बितेको १० वर्षमा मलेसियामा सबैभन्दा बढि नेपालीको ज्यान गएको छ। यो अवधिमा मलेसियामा २ हजार ६ सय २ जनाको ज्यान गएको छ। मलेसिया ३ सय ३८ जनाले आत्महत्या गरेका छन्।

कार्डिक एरेस्टका कारण ४ सय ७ र प्राकृतिक कारणले ४ सय ११ जनाको ज्यान गएको तथ्यांक बोर्डसँग छ। कार्यस्थल दुर्घटना र सडक दुर्घटनाका कारण पनि धेरै नेपालीको ज्यान गएको छ । मलेसियामा मात्रै सडक दुर्घटनाका कारण १ सय ५५ र कार्यस्थलमा भएको दुर्घटनाका कारण २ सय ५१ जनाको ज्यान गएको छ।

हृदयघातका कारण २ सय २४ जनाको ज्यान गएको छ भने यो अवधिमा २० जनाको हत्या भएको छ।

५९ जनाले विरामीका काराण ज्यान गुमाएका छन् भने ८१ जनाको मृत्युको काराण पत्ता लाग्न सकेन । अन्य विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा मात्रै ६ सय २६ पुगेको छ।

साउदीमा सबैभन्दा धेरै नेपालीले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन्। बितेका १० वर्षमा सडक दुर्घटनाका कारण ५ सय ७८ जनाको ज्यान गएको छ। एक सय ६४ जनाको कार्यस्थल दुर्घटनाका कारण ज्यान गएको छ।

एक सय ६३ जनाले आत्माहत्या गरेका छन् भने ७ सय ४५ जनाको मृत्यु प्राकृतिक कारण भएको बताइएको छ। साउदीमा १० वर्षमा २ जना नेपालीको हत्या भएको बोर्डको तथ्यांक छ।

कतारमा एक हजार ४ सय १९ जनाको ज्यान गएकोमा सबैभन्दा धेरै कार्डिक एरेस्टका कारण रहेको छ। ५ सय २१ जनाको कार्डिक एरेस्टका कारण ज्यान गएको छ ।सडक दुर्घटनाका कारण एक सय १६ जना र कार्यस्थल दुर्घटनाका कारण एक सय ५४ जनाको ज्यान गएको छ।

यो अवधिमा कतारमा एक सय २५ जनाले आत्महत्या गरेका छन्। १० वर्षमा २२ जनाको हत्या भएको छ। हृदयघातका कारण एक सय १२ जनाको ज्यान गएको छ।

बोर्डको तथ्यांक अनुसार युएईमा ५ सय ८२ जनाले ज्यान गुमाएका छन्। कार्डिक एरेस्टका कारण एक सय ६४ जनाले ज्यान गुमाएका छन्। त्यसपछि सबैभन्दा धेरै सडक दुर्घटना र आत्महत्याका गर्नेको संख्या धेरै छ। सडक दुर्घटनामा ७९ र आत्महत्या ९४ जनाले गरेका छन्।
प्राकृतिक कारणले ९९ र ३३ जनाको कार्यस्थल दुर्घटनामा ज्यान गएको छ।

रोजगारीको आकर्षक मुलुक दक्षिण कोरियामा भने आत्महत्या गर्नेको संख्या धेरै छ। बितेका १० वर्षमा ३६ जना नेपालीले त्यहाँ हात्महत्या गरेका छन्। सडक दुर्घटनामा १४ जनाको ज्यान जाँदा ११ जनाको कार्यस्थलमै भएको दुर्घटनामा ज्यान गएको छ। एक जनाको हत्या भएको छ भने हृदयघातका कारण ६ जनाको ज्यान गएको छ।

१० जनाको प्राकृतिक कारणले मृत्य भएको दक्षिण कोरियामा २३ जनाको अन्य कारणले ज्यान गएको छ। यो अवधिमा दक्षिण कोरियामा एक सय १७ जनाको ज्यान गएको छ।

विदेशमा ज्यान गुमाउनेमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात र आत्महत्या प्रमुख कारण देखिएका छन्। यो अवधिमा एक सय ६४ जना महिलाले विदेशमै ज्यान गुमाएका छन्। युएईमा १२ महिलाको सडक दुर्घटनाका कारण ज्यान गएको छ भने, १८ जना महिलाले आत्महत्या गरेका छन्।

कुवेतमा आत्महत्या गरेर ३७ जनाले ज्यान गुमाएकोमा १५ महिला छन्। हृदयघातका कारण ११ जना महिलाको कुवेतमा ज्यान गएको छ। लेवनानमा आत्महत्या ६ र प्राकृतिक कारणले ६ जना महिलाको ज्यान गएको छ। यस्तै मलेसियामा ९ र बहराइनमा २ महिलाले आत्महत्या गरेका छन्।

१० वर्षमा यो भन्दा धेरै नेपालीको ज्यान गएपनि सरकारले सबैको तथ्यांक भने राख्न सकेको छैन। यो तथ्यांक विदेशमा ज्यान गुमाएर आर्थिक सहायताका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा आउनेहरुको मात्रै हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?