कड्किए कुलमान–फेरि लोडसेडिङ गराउनेहरुलाई छाड्दिन

कड्किए कुलमान–फेरि लोडसेडिङ गराउनेहरुलाई छाड्दिन
+
-

हामी जिम्मेवारीपूर्वक नै काम गरिरहेका छौं। तर पछिल्लो समय कसरी सिध्याउन सकिन्छ भनेर फरक हिसावले प्रचार गरिरहेको तपाईँहरुलाई जानकारीमा नै छ। ती विषयमा धेरै पछि लाग्ने हाम्रो जमर्को थिएन। किनभने हामीलाई फुर्सद पनि छैनधेरै काम गर्नु छ।

विद्युत प्राधिकरणसँग जोडिएका धेरै नीति नियमहरु निर्माण गर्नु छ। समस्याहरु छन्फुकाउनु पर्ने छ। दिन रात नभनी हाम्रो टिम खटिरहेको छ।

जुन बेलादेखि मैले कार्यकारी निर्देशकको जिम्मेवारी पाएँहामीले विद्युत प्राधिकरणको आर्थिक अवस्थाप्राधिकरणले गर्नु पर्ने सेवाका कुरा,  मुख्यगरी लोडसेडिङ अन्त्य गर्ने कुरामा हामी दिनरात खटिरह्यौं। अहिलेसम्म प्राधिकरणले गर्नुपर्ने काम गरेका छौं।

अहिले कुनै पनि उद्योगकुनै पनि क्षेत्रलाई लोडसेडिङ गर्नु पर्ने अवस्था छैन। अहिले सुक्खा सिजन होतर त्यति हुँदाहुँदै पनि हामीले प्राविधिक रुपमा समस्या छ भनिनै रहेका छौं। रगुणस्तर सुधारका लागि पनि धेरै काम गरि नै रहेका छौं।

यो आर्थिक वर्षमा मात्रै हामीले ५०/६० वटा सवस्टेशन चार्ज गरेर गुणस्तर सुधारका प्रयास गरिरहेका छौं। एक दुई महिनामै हाम्रा पनि केही प्रोजेक्टहरु आउँदैछन्। त्रिशुली थ्री एकुलेखानी जस्ता प्रोजेक्टहरु सम्पन्न हँदैछन्। विद्युत प्राधिकरणमा लामो समयदेखि रहेका प्रोजेक्टहरु हामी सम्पन्न गर्दैछौं।

थप धेरै प्रोजेक्ट पनि सम्पन्न हुँदैछन्। नयाँ पनि सुरु गरिरहेका छौं। आगामी चार वर्षभित्र देशका हरेक नागरिकलाई विद्युतको पहुँचमा ल्याउने सरकारको लक्ष्यमा हामी दृढ भएर लागिरहेका छौं। विद्युत प्राधिकरणको टिमले देखिरहेको छसमुदायले मूल्यांकन गरिरहेका छन्।

यति हुँदाहुँदै पनि विगतमा लोडसेडिङको अवस्था के थियोआज के छ भन्ने कुरालाई वास्ता नगरि जिम्मेवार केही व्यक्तिबाटै अभिव्यक्ति दिने गरेको पाइयो।

विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गर्नुमा प्राधिकरणको टिमसँगै जनताको साथ र सरकारको यसमा हात छ। हामीले दुईटा काम गर्‍यौँ। एउटा लोडसेडिङ अन्त्यअर्को घाटाको अवस्थाबाट प्राधिकरणलाई नाफामा ल्यायौं।

हिजो लोडसेडिङ र घाटाको अवस्थामा रमाइरहने मान्छेहरु आज प्राधिकरण नाफामा गएको र लोडसेडिङ हुन छाडेको देखेर छटपटाए। जो मान्छे लोडसेडिङ गर्नका लागि अहोरात्र लागिरहेका छन्। लोडसेडिङको कारण बनेका थिएआज उनीहरुकै संलग्नतामा धेरै कुरा भइरहेको छ। ती मान्छेहरु सल्बलाइरहेका छन्। विद्युत प्राधिकरणलाई कसरी कमजोर बनाउनेयो टिमलाई कसरी कमजोर बनाउनेमिडियादेखि लिएर कहाँ कसलाई प्रयोग गरेर कमजोर बनाउन सकिन्छ सम्पूर्ण हर्कत गर्ने सम्मको हामीले बुझेका छौं।

लोडसेडिङ गरेर प्राधिकरण ९ अर्बको घाटामा जाँदा पनि कसैलाई चासो थिएन। लोडसेडिङ अन्त्य भयो९ अर्ब घाटाको संस्था नाफामा गयो।

सुरुमा त लोडसेडिङ अन्त्य हुन्छ भन्ने नै विश्वास थिएन। प्राधिकरण नाफामा आउँछ भन्ने प्राधिकरणकै कर्मचारीलाई पनि विश्वास रहेनछ। सरकारले अनुदान दिएर प्राधिकरण नाफामा गयो भनेर गलत प्रचार गर्न अझै पनि ती मान्छेहरु लागिरहेका छन्।

महालेखाले हेरेकै होलाचार्टर एकाउण्टेन्टले हेरेकै होलान्। विद्युत प्राधिकरण घाटामा छ भन्ने कुरा चार्टर एकाउण्टेन्टले भन्ने कि एउटा पाँचौं तहको कर्मचारीले भन्नेयसको मतलब के होयहाँ भएको संयन्त्रलाई कमजोर बनाएर हिजोकै खेल बनाउने षडयन्त्र देखिन्छ।

ट्रेड युनियनको कुरा आयोदुई वर्ष भएपछि चुनाव हुनुपर्छव्यवस्थापनले गर्छ। व्यवस्थापनलाई विभिन्न अनर्गल प्रचार गर्दै ट्रेड युनियनको चुनाव नगराउने अथवा त्यसलाई अनावश्यक प्रचार गर्दै हिड्ने यहाँ कसैको पनि अधिकार छैन।

विद्युत प्राधिकरणलाई क्राइसेसमा राखेर जसरी हिजो खेलिरहेका थिएत्यो खेल्न नपाएकोमा छटपटिएर जुन प्रचारहरु गरिंदैछत्यसमा हाम्रो गम्भीर आपत्ति छ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले अकुत कमाएको भनेर जुन हिसावले कुरा आएको छ। छानविन गर्नुपर्छ भने सम्बन्धित निकायले नै गर्छ। यसमा प्राधिकरणभित्र को को छन्भनेर हामी गहिरो अध्ययन गरिरहेका छौं। एमडीले ६० लाख भत्ता बुझ्यो रे! ६० लाख भत्ता बुझ्योदिनमा १३ वटासम्म मिटिङ राखेर भत्ता बुझ्योयस्ता विषय पनि आए। सम्भव छ यो कुरा विद्युत प्राधिकरणको एमडी सरकारसँग एउटा कार्यसम्पादन करार गरेर आएको छ।

कार्यसम्पादन करारमा यति प्रतिशत प्रगति गर्‍यो भने यति इन्सेन्टिभ दिने भन्ने छ। वर्षमा सरकारले एमडीको कार्यसम्पादनको मूल्यांकन गर्छ।

सहसचिवको नेतृत्वमा कमिटी हुन्छ । त्यसले यति प्रतिशत प्रगति भयो भनेर दिन्छ। त्यसपछि यति प्रगति अनुसार यति इन्सेन्टिभ दिने भनेर सिफारिस गर्छ। गत वर्ष ८९ प्रतिशत प्रगति भएको थियो। महिनाको दुई लाख इन्सेन्टिभ पाएको हो। त्यसैलाई ६० लाख भत्ता खायो भन्या होविद्युत प्राधिकरणको मिटिङ धेरै हुन्छ। म बढुवा समितिमा पनि छु। बिहान बेलुका पनि मिटिङ हुन्छ।

मैले कति भत्ता बुझें भनेर यो हल्ला आइसकेपछि हेरें। मलाई पनि थाहा हुँदैन। मैले ६ लाख मात्रै भत्ता बुझेको रहेछु। यसलाई ६० लाख भन्ने?

इन्सेन्टिभलाई पनि भत्ता बनाइदिनेभोलि तलबलाई पनि भत्ता बनाइदिनु होला।

हामीले नियम पूर्वक पाउने भत्ता मात्रै बुझेका छौंजुन हाम्रा कर्मचारीले पारदर्शी रुपमा बुझेका छन्।

बोर्डको मिटिङ हुन्छ । त्यसमा उहाँ आमन्त्रित सदस्य हुनुहुन्छ। जसमा उहाँलाई साइन गर्ने समेत अधिकार छैन। बोर्डमा निर्णय पनि भएको छैनबाहिर गलत हिसावले कुरा गर्दै हिड्नेलाई गोपनीयताको कारबाही हुने कि नहुने ?

विद्युत प्राधिकरणमा अब आधिकारिक भन्ने कोही पनि छैन। मैले फागुन १८ गते चुनाव गराउँ भन्दा कसैले मान्नु भएन। उहाँहरुले चुनाव सार्नुभयो । फागुन १८ गतेपछि कोही पनि आधिकारिक छैन ।अव चुनावले जो आउँछ उही आधिकारिक हुन्छ । विद्युत प्राधिकरणको पाँचौं तहको मान्छे साँढे जसरी बोल्दै हिँड्न पाइँदैन।

स्पष्टीकरण सोधेको छु। यो अराजकताको पराकाष्ठा हो। विद्युत प्राधिकरण हिजो किन घाटामा गयो भन्दाखेरि यस्तै मान्छेहरुको झुण्ड थियो। एउटा एमडीले केही गर्न सक्दैन। आज उहाँ केही गर्न नसकेपछि छट्पटाएर यस्ता अभिव्यक्ति दिएर हिँडिरहनु भएको छ। त्यो भएको हुनाले ज–जसलाई कारबाही गर्न आवश्यक छ उसलाई कारबाही गरिन्छ।

यस्ता मान्छे ठूला भन्नेहरुका नजिकका छन्। अनिप्राधिकरण कसरी जान्छ नाफामाप्राधिकरणले राम्रो गरेको किन पच्दैनबाहिरबाट सबैले राम्रो भनिरहेका छन्। तर प्राधिकरणका आधिकारिक भन्ने मान्छेहरु प्राधिकरणभित्र लुट छप्राधिकरण ध्वस्त भयो भन्दै हिँड्ने ?

हिजो ध्वस्त बनाइसकेका थिएजुन बच्यो। ध्वस्त बनाउन नपाएपछि जे पायो त्यही भन्दै हिँड्ने प्राधिकरण त समाप्त भइसकेको थियो त।

विद्युत प्राधिकरणमा कुनै पनि त्यस्ता हर्कत अगाडि बढ्न दिने वाला छैन। हिजोको जस्तो कमजोर कार्यकारी निर्देशक होइन, ‘चेन अफ कमाण्ड’ मेन्टन गर्छु। योभित्र भएको विकृतिलाई समाप्त गरेरै छाड्छु। कसै कोही त्यसमा बाधक हुन्छ भने उसलाई बाटोबाट अलग पारिन्छ।

हिजो क्राइसिस मच्चाउँदै छेलोखेलो मच्याउनेले संरचना बनाउँदैछन्। त्यो सफल हुन दिँदैनौं। हिजो लोडसेडिङ गर्दै कहाँ कहाँ के के गरेको छ भन्ने हामीसँग प्रमाण छ। त्यही मान्छे आज यहाँ भित्रका संरचनालाई खेल्दै १० वटा कुरा गर्दै हिँड्नेत्यो मान्छेको निर्देशन अझै पनि यो भित्र पर्छ।

हामी काम गर्दैछौं हामीलाई डिस्टर्ब नगर्नुस्। हाम्रो टिमलाई काम गर्न दिनुस्। जुन अहिले डिस्टर्ब गर्न हिजो लोडसेडिङ गर्ने दलालहरु लागेका छन् तिनीहरुलाई तपाईँहरु पनि चिन्नु हुन्छ। यो विषय एकदम गम्भीर छ। म विद्युत प्राधिकरणमा रहेसम्म कुनै पनि तलमाथि नगरी काम गर्छौं। पारदर्शी रुपमा काम गरिरहेका छौं। कुनै पनि हिसाबमा यो दादागिरी चल्दैन। दादागिरी गर्‍यो भने त्यसको कारबाहीको भागीदार जो पनि हुन्छ।

(सोमबार पत्रकार सम्मेलन गरी कुनमान घिसिङले दिएको अभिव्यक्तिको संपादित अंश)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?