ड्राइभरकी पत्नीसँग थियो सम्बन्ध, डाक्टरले हत्या गरेर पाँच सय टुक्रा पारे, अनि शवलाई एसिडले गलाए

ड्राइभरकी पत्नीसँग थियो सम्बन्ध, डाक्टरले हत्या गरेर पाँच सय टुक्रा पारे, अनि शवलाई एसिडले गलाए
हत्याका आरोपी डाक्टर सुनील मन्त्री
+
-

भारतको मध्य प्रदेशको होशंगावादमा एक डाक्टरले आफ्ना ड्राइभरको आरीले गर्दन रेटेर हत्या गरेका छन्। हत्यापछि उनले शवको पाँच सय भन्दा धेरै टुक्रा पारे र त्यसलाई ड्रममा राखेर एसिड हाल्दै गलाएको प्रहरीले जनाएको छ।

ती ड्राइभरकी पत्नीसँग डाक्टरको अवैध सम्बन्ध थियो । यहि कुरालाई लिएर ड्राइभरले डाक्टरसँग ब्लैकमेल गरिरहेका थिए। इटारसीको सरकारी अस्पतालमा हाड जोर्नी रोग विशेषज्ञका रुपमा आरोपी डा. सुनील मन्त्री (५५) कार्यरत थिए। ड्राइभर वीरेन्द्र पचौरी विरु (३०) लाई उनले चार दिन पहिले मात्रै जागिर दिएका थिए।

फरवरी ४ मा वीरु काममा आएका थिए तर उनको दाँत दुखीरहेको थियो। डाक्टरले उपचारको बहानामा उनलाई बेहोस हुने इन्जेक्शन लगाए। त्यसपछि आरीले गर्दन रेटेर हत्या गरे। हत्यापछि शवलाई उनले बाथरुममा लगेर साना(साना टुक्रा पारे। त्यसपछि ती सबै टुक्राहरुलाई ड्रममा राखेर एसिड खन्याए। शवका टुक्राहरु सबै गले।

प्रहरीले भनेको छ कि सुनील मन्त्रीकी पत्नी सुष्माको मृत्यु भइसकेको छ। उनी चार वर्षअघि एक बुटिक चलाउँथिन् । त्यहाँ ड्राइभरकी पत्नी काम गर्थिन् । सुष्माको मृत्यु भएपछि ड्राइभरकी पत्नीले नै बुटिक चलाउन थालिन् त्यसक्रममा डाक्टर र उनको सम्बन्ध बन्यो ।
यो कुरा ड्राइभर वीरुले थाहा पाए र उनी डाक्टरलाई ब्लैकमेल गर्न थाले । त्यसपछि डाक्टरले वीरुको हत्या गर्ने योजना बनाएका हुन्।

हत्याकै योजनाका रुपमा उनले वीरुलाई चार दिन पहिले मात्रै जागिर दिएका थिए र एक एक गरेर एसिडको बोतल जम्मा गरेका थिए। उनले हत्याकै लागि आरी पनि किनेका थिए। घटनापछि प्रहरीले आरोपीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?