अत्यधिक चिसो बढेपछि अमेरिकाका तिन राज्यमा आपतकाल घोषणा, तापक्रम माइनस ७० डिग्री पुग्ने चेतावनी

अत्यधिक चिसो बढेपछि अमेरिकाका तिन राज्यमा आपतकाल घोषणा, तापक्रम माइनस ७० डिग्री पुग्ने चेतावनी
+
-

अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् । मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बिबिसीले जनाएको छ ।

दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् । बिबिसीका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ ।
मौसमविदहरुले तापक्रम माइनस ७० डिग्री सम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।

अत्यधिक चिसोले ताल–तलैया जमेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ । चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । बिबिसीका अनुसार, महँगा ज्याकेटहरु लुटेराहरुले बन्दुक देखाउँदै लुटेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?