बलिउडका यी गीत जसलाई बनाउन खर्च गरियो करोडौँ रकम

बलिउडका यी गीत जसलाई बनाउन खर्च गरियो करोडौँ रकम
+
-

शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भैसकेको छ। यस फिल्मको डोला रे डोला गीत एकदमै चर्चित रह्यो र सो गीतको छायाकंनलाई समेत धेरैले मन पराए।

त्यस गीतका लागि फिल्मका निर्देशक संजय लिला भंसालीले भव्य सेट बनाएका थिए । यस गितलाई हिन्दी सिनेमामा सबैभन्दा मंहगो गित मध्ये एक मानिन्छ ।
फिल्मकी कोरियोग्राफर शरोज खानका अनुसार गीतको सुटिङमा करिब २ करोड ५० लाख खर्च गरिएको थियो।

 

था करके ‘गोलमाल’


रोहित शेट्टीको ‘गोलमाल २’ को ‘था करके’ गीतमा १० मंहगा गाडिहरुलाई उडाइयो। यस गितमा १ हजार डान्सरका साथ साथै २ सय ट्रेन्ड फाइटरलाई समेत समावेश गराएको थियो। सो गितको सुटिङ लगातार १२ दिनसम्म गरिएको थियो।

‘जब प्यार किया तो डरना क्या’


१९६० मा निर्देशक के आसिफको फिल्म ‘मुगल ए आजम’ को ‘जब प्यार किया तो डरना क्या’ गीतका लागि शीशमहलको सेट तयार गरिएको थियो । शीशमहल जस्ताको त्यस्तै तयार गर्न २ वर्ष लागेको थियो ।१५० फिट लामो र ८० फिट चौडाई भएको महल बनाउनमा अरु फिल्मको बजेट भन्दा बढि खर्च लाग्यो । यसै फिल्मका लागि भनेर बेल्जियमबाट काँच मगाएको थियो। उक्त काँच शीशमहलमा प्रयोग गरियो। मुगल ए आजम फिल्म ‘ब्ल्याक एण्ड व्हाइट’ फिल्म भएतापनि सो गितलाई ‘ टेक्नी कलर’( रङ्गिन बनाउने विधी) गरिएको थियो।  फिल्म विशेषज्ञका अनुसार सो गीत बनाउन अहिलेको समयमा २ करोड ५० लाख लाग्थ्यो।

प्रेम रतन धन पायो


फिल्म मुगल ए आजम कै शीशमहल जस्तै प्रेम रतन धन पायो फिल्मका लागि पनि तयार गरिएको थियो। जसमा लगभग ३ सय कामदार सहभागी थिए । फिल्मको यसै सेटमा प्रेम रतन धन पायो गीतको छायांकन गरिएको थियो।

उक्त सेटका लागि निर्माता तथा निर्देशक शुरज बडजात्याले करिब ढाई करोड खर्च गरेका हुन्।

हंस गित, बाहुबली २


प्रभाष र अनुष्का शेट्टीको अभिनय गरिएको गीतलाई हाँसको आकार भएको काठको सेटमा छायांकन गरिएको थियो।

फिल्मको कम्प्यूटर ग्राफिक्समा काम गर्ने मकुटाका वीएफएक्स प्रमुख धुरा बाबु भन्छन् ‘ ‘यस गितको लागि मात्र हाँसको आकार भएको काठको सेट र सिढी बनाएका थियौँ । अरु सबै काम कमप्यूटरको गाफिक्सका मदतले गरिएको थियो जो रियल सेट भन्दा मंहगो हुन्छ ।’ सो गीतमा करिब डेढ करोड खर्च भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?