सारा अली खान र अमृता सिंहलाई भूमाफियाबाट खतरा, प्रहरीलाई दिए निवेदन

सारा अली खान र अमृता सिंहलाई भूमाफियाबाट खतरा, प्रहरीलाई दिए निवेदन
छोरी सारासँग अमृता सिंह
+
-

अभिनेत्री सारा अली खान र उनकी आमा अमृता सिंहले देहरादून प्रहरीमा जमीन सुरक्षाको लागि निवेदन दिएका छन् । देहरादूनमा अमृताका मामाको करोडौँ पर्ने जमीन छ जसमा भूमाफियाले नजर लगाएको उनीहरुको आरोप छ ।

भूमाफियाले कब्जा गर्न सक्ने भन्दै उनीहरुले जमीनको सुरक्षाका लागि प्रहरीमा निवेदन दर्ता गराएका हुन् । प्राप्त जानकारीका अनुसार अमृता सिंहका मामा मधुसूदन बिमबेटको शनिबार मृत्यु भएको छ । उनी क्यान्सरबाट पीडित थिए । अमृता आफ्ना मामा मधुसूदनको अन्तिम संस्कारमा सहभागी भइन् र साँझ प्रहरी चौकी गएर जमीन सुरक्षाका लागि लिखित निवेदन दर्ता गराइन् ।

अमृता सिंहले प्रहरीलाई जानकारी गराए अनुसार उनका मामा मधुसूदन बिमबेट देहरादूनमा एक्लो जीवन बिताइरहेका थिए । जबसम्म उनको परिवारका अन्य व्यक्तिहरु पुग्दैनन् तबसम्म जमीनको सुरक्षा गरिदिन उनले प्रहरीलाई आग्रह गरेकी हुन् ।

मधुसूदन बिमबेटको जमीनमा उनको हेरचाह र रेखदेख गर्ने शेरसिंहले पनि आफ्नो हक दाबी गरेका छन् । उनका अनुसार अमृता सिंह र उनका मालिक मधुसूदनका बीचमा राम्रो सम्बन्ध थिएन । उनले पनि यसबारेमा प्रहरीलाई लिखित निवेदन दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?