पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?

पार्टीमा जानु छ! तर मेकअपका लागि पर्याप्त समय छैन भने के गर्ने?
+
-

काठमाडौँ – चाहे चार्डपवको समयमा होस् अथवा कुनै पार्टीको समयमा होस् महिलाहरु छोटो समयमा छिटोछिटो तयार हुन खोज्छन् । जसका कारण उनीहरु राम्री देखिनुको साटो नराम्रो पनि देखिन सक्छन् । कतिपय बेला भने मेकअपमा धेरै समय लगाएको भनेर पनि कुरा हुन्छ ।

छोटो समयमै उत्कृष्ट मेकअप कसरी गर्ने त ?

  • मेकअप गर्दा सबैभन्दा पहिला प्राइमर लागाउनुहोस् जसले गर्दा तपाईको मेकअप लामो समयसम्म रहन मदत गर्छ ।
  • प्राइमर लगाइसकेपछि निधार, नाक, चिउडो र गालामा फाउन्डेसन लगाएर राम्रोसँग औँलाले ब्लेन्ड गनुहोस् । औँलाले ब्लेन्ड गरिसकेपछि हल्का चिसो स्पोन्जले अझै राम्रोसँग ब्लेन्ड गर्नुपर्छ ।
  • राम्रो सँग फाउन्डेसन लगाइसकेपछि मुखमा भएको दागहरु छोप्नका लागि आफ्नो आवश्यक्ता अनुसार कन्सिलर लगाउनुहोस् । सानो ब्रस वा स्पोन्जको मदतले मुखको सबै भागमा लगाउनुहोस् अझ बढी नाकको आसपास, आँखाको मुनी, ओठको छेउमा कन्सिलरको प्रयोग गनुपर्छ । जस्ले गर्दा मुखको सबै दाग छोपिन्छ ।
  • मुखको अन्य भाग जस्तै आँखालाई पनि सुन्दर राख्न उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले आँखाको वरपर कन्सिलर वा फाउन्डेसन सेट गर्नका लागि ब्रसको माध्यमले गाढा हुने गरी लगाउनु पर्छ । त्यसपछि मात्र आफ्नो कपडासँग मिल्ने रंगको आईस्याडो, गाजल लागाउनुहोस् । र आफूलाई चाहिएको खण्डमा नक्कली परेला पनि लगाउन सक्न् हुन्छ ।
  • अन्त्यमा लिबिस्टक लगाउनुहोस् र आफूलाई सुन्दर बनाउनुहोस् । यसरी नै छोटो समयमा सुन्दर बन्न सकिन्छ ।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?