किमले ट्रम्पलाई लेखेको चिट्ठी बोकेर किमका विश्वास पात्र अमेरिका पुगे

किमले ट्रम्पलाई लेखेको चिट्ठी बोकेर किमका विश्वास पात्र अमेरिका पुगे
+
-

उत्तर कोरियाका नेता किम जोङ उनका प्रिया पात्र अर्थात किमका दाहिने हात मानिने उत्तर कोरियाका एक उच्च अधिकारी अमेरिकाको राजधानी वासिङ्गटन डिसी पुगेका छन् । किमका नजिकका व्यक्ति तथा उत्तर कोरिया तथा अमेरिकाबिचको वार्ताका एक सहभागी किम योङ्ग चोल अमेरिकी अधिकारीसँगको भेटका लागि डिसी गएका हुन् ।

यहि वर्ष चाँडै नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमबिच दोस्रो वार्ताको तयारी भइरहेको छ । वार्ताको तयारीकै लागि चोल अमेरिका पुगेका हुन् । ट्रम्प र किमबिच गएको वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो ।

त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको काम गरिरहेको छ । बिचमा विभिन्न अवरोध आए पनि काम भइरहेको बताइन्छ र फेरि दुई नेताबिच वार्ताको तयारी भएको हो । चोल चीनको बेइजिङ हुँदै अमेरिका पुगेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ । चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाफले जनाएको छ । किम र ट्रम्पबिचको दोस्रो वार्ता भियतनाममा हुने तयारी रहेका खबर आइरहेका बेला चोल किमको चिट्ठी लिएर अमेरिका पुगेका हुन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?