इटालीमा उत्तर कोरियाका राजदूत बेपत्ता

इटालीमा उत्तर कोरियाका राजदूत बेपत्ता
जो सोंग-गिल
+
-

इटालीमा उत्तर कोरीयाका एक राजदूत बेपत्ता भएका छन् । यो जानकारी दक्षिण कोरियाको एक गुप्तचर निकायका अधिकारीले दिएका छन्।

यसका साथै अपुष्ट खबरका अनुसार उत्तर कोरियाका ती राजदूत जो सोंग गिललाई कुनै पश्चिमी मुलुकले शरण दिएका छन्। यसभन्दा अघि लण्डनमा रहेका उत्तर कोरियाका उप राजदूत भागेको खबर आएको थियो।

सन २०१६ मा थाए योंग हो ले आफ्नो पदबाट राजीनामा दिएका थिए र उनी आफ्नो परिवारसहित दक्षिण कोरिया गएका थिए।
त्यसबेला थाए योंगको यो कदमलाई किम जोेंग र उनको शासनका विरुद्ध भनिएको थियो । यस्ता अनुमान गरिएको थियो कि योंग होले किमका विरुद्ध सूचना प्रसारण गर्नेछन्।

गुप्तचर निकायले जानकारी दिएपछि दक्षिण कोरिया सरकारका सांसद किम मिन कीले भनेका छन् कि जो सोंग गिल एक महिनाअघि नै रोम स्थित दूतावासबाट भागेका थिए।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले भनेको छ कि जो सोंगसँग कुनै प्रकारको सम्पर्क भएको छैन । इटालीको विदेश मन्त्रालयले पनि उनको बारेमा कुनै जानकारी दिएको छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?