लोकतन्त्रमा कविता लेख्नु पनि अपराध हुनसक्छ!

लोकतन्त्रमा कविता लेख्नु पनि अपराध हुनसक्छ!
+
-

लोकतन्त्रमा
तपाईंले सबैभन्दा पहिले
अपराधी नहुन सिक्नु आवश्यक छ
अन्यथा,
तपाईंले ढ्वाङमा खसाउनुभएको
मतपत्रको प्रेत
जाग्न सक्छ जुनसुकै बेला
र, पक्रनसक्छ तपाईंलाई ।

लोकतन्त्रमा
जब बदलिन्छ परिभाषा अपराधको
तपाईंले अपराधी नहुन सिक्नु आवश्यक छ ।

तपाईं व्यापारी  हुनुहुन्छ भने
सहिसलामत सामान सहिसलामत मूल्यमा बेच्नु
तपाईंको अपराध हुनसक्छ
तपाईं गायक हुनुहुन्छ भने
स्रोतालाई मन पर्ने गीत गाउनु
तपाईंको अपराध हुनसक्छ
तपाईं प्राध्यापक हुनुहुन्छ भने
विद्यार्थीलाई ठीकसँग सिद्धान्त बुझाउनु
तपाईंको अपराध हुनसक्छ।

चालकले ठीकसँगले गाडी चलाउनु
माझीले डुङ्गा चलाउनु वा जाल हान्नु
बटुवा सरासर आफ्नो बाटो हिड्नु
जुनसुकै बेला अपराध करार हुनसक्छ
यो लोकतन्त्रमा।

कविले कविता लेख्नु,
चित्रकारले चित्र कोर्नु
पत्रकारले समाचार लेख्नु
र,
फोटोग्राफरले फोटो खिच्नु,
अर्थात्,
तपाईंको काम जे हो, त्यही काम गर्नु
अपराध हुनलाई यति नै पर्याप्त छ।

महारानीको सवारीमा
सडकको दायाँ वा बायाँ उभिएर,
शिर नझुकाउनु
वा
महाराजको जाज्वल्यमान तस्बिरलाई
दण्डवत प्रणाम नगर्नु
यतिले नै तपाईंलाई अपराधी बनाउन सक्छ।

कुनै एकदिन,
ढ्वाङमा खसाएपछि
स्वास्तिक चिन्ह लगाएको मतपत्र
तपाईं मतदाताबाट अपराधीमा बदलिइसक्नुभएको छ,
मतपत्रको प्रेत
जाग्न सक्छ जुनसुकै बेला
र, पक्रनसक्छ तपाईंलाई।

यो लोकतन्त्रमा
न्याय माग्नु,
समानताको वकालत गर्नु
अधिकार खोज्नु
विभेदविरुद्ध बोल्नु
ठूला अपराध हुन्
र, सबैभन्दा ठूलो अपराध हो
प्रश्न गर्नु।

(रोहेज खतिवडाको ब्लगबाट साभार)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?