अब्सेसिभ कम्पल्सन डिस्अर्डर

यो अनौठो मानसिक रोग

यो अनौठो मानसिक रोग
मनोविज्ञ आदर्श प्रधान
+
-

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अर्थात् ‘ओसिडी’ एक प्रकारको मानसिक रोग हो। यस्तो मानसिक रोग लागेका मानिसले छिनछिनमा विचार वा भावनाहरू दोहोर्‍याउने गर्छन्। यस्तो रोग लागेका मानिस एउटै कामलाई दोहोर्‍याइरहन मन गर्छन्। मनमा विचार दोहोरिनु सामान्य कुरा होला। तर, छिनछिनमा दोहोरिएका वा फेरिएका विचारले आफूलाई असहज महसुस भई दैनिकीलाई नै असर पुर्‍याएको भएा त्यो चाहिँ मानसिक रोग हो। यस्तो रोग लागेका मानिसले दोहोर्‍याउन चाहेको कुरा जबर्जस्त रोके झन् उनीहरू शारीरिक रूपमै अप्ठ्यारो महसुस गर्छन्। यस्ता रोग लागेका मानिसलाई कालान्तरमा डिप्रेसनसमेत हुन सक्छ।

कारण
अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको अधिकारिक कारण प्रमाणित भइसकेको छैन। तर, अनुसन्धानले भन्छ कि आनुवांशिकतत्वको कारण यो रोग लाग्छ। तनाव, बायोलोजिकल र वातावरणीय समस्याका कारण पनि यस्तो मानसिक समस्या हुन सक्छ।

लक्षण
यस्तो रोग लागेका मानिसले एउटै विचार बारम्बार दोहोर्‍याउने गर्छन्।
मनमा आएका अनावश्यक विचारहरू भन्ने ज्ञान हुँदाहुँदै पनि यस्ता विषयलाई हटाउन सक्दैनन्।
सधैँ आक्रोशपूर्ण आवेगमा हुन्छन्।
गम्भीर रोगबाट संक्रमण हुने डर भइरहनु।
आफूबाट कुनै नराम्रो घटना घट्छ कि भन्ने डर उत्पन्न भइरहनु।
कसैलाई यस्तो अवस्थामा अत्यन्त डर लाग्नु, चिडचिडापन हुने, पसिना आउने, श्वासप्रश्वास
असन्तुलित हुने, मुटुको धड्कन बढ्ने आदि समस्या पनि हुन्छ।
यो रोग लागेकाहरूले बारम्बार हात सफा गरिरहने, ढोकामा ताल्चा लगाए वा नलगाएको, ग्यास बन्द गरे वा नगरेकोबारे भ्रम हुने, अनावश्यक सामानपनि राख्न रुचाउने अदि लक्षण देखाउँछन्।

उपचार विधि
यस्तो प्रकृतिको मानसिक रोग लागेका मानिसलाई विशेषज्ञको सल्लाह सुझाबअनुसार औषधि सेवनगर्नुपर्छ । र, वेलावेला मनोपरामर्शदातासँग सल्लाह लिनुपर्छ ।

प्रायजसो मनोपरामर्शदाताले कग्नेटिभ व्यवहार भएकाहरूलाई थेरापीबाट उपचार गर्छन्। यसका साथै विश्राम, रेचनअभ्यासलगायतअन्य थेरापी गराएर यस्तो रोगबाट बच्न सकिन्छ। उपचारको अर्कोविधिभनेको एकाग्रता, स्वीकार भाव, आत्मविश्वास बढाउने अभ्यास पनि हो।
यस्तो समस्या तुरुन्तै निर्मूल हुन भने गाह्रो हुन्छ। त्यसैले धैर्यको आवश्यकता पर्छ। यस्ता बिरामी निको हुनका लागि पारिवारिक सहयोग, उत्प्रेरणाको पनिआवश्यक हुन्छ। त्यसैले परिवारले यसबारे हेलचेक्र्याइँ गर्नु हुँदैन।

(मनोविज्ञ प्रधान होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासीमा आबद्ध छन्।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?