खानपान र स्वास्थ्य

कसरी हुन्छ फुडपोइजन? के हो बँच्ने उपाय?

कसरी हुन्छ फुडपोइजन? के हो बँच्ने उपाय?
डा. रमेश पन्त।
+
-

काठमाडौँ – खाना अपच भएर वा खाना विषाक्त भएर हुने झाडावान्तालाई डाक्टरी भाषामा फुडपोइजन भन्ने गरिन्छ। विशेषगरी चाडपर्वका बेला गरिने असन्तुलित खानपानका कारण धेरैलाई फुडपोइजन हुने चिकित्सकहरु बताउँछन्।

सिभिल अस्पतालका डा. रमेश पन्तका अनुसार चाडवाडको बेला सुरु भएसँगै फुडपोइजनका कारण बिरामी भएर अस्पताल आउनेको संख्यामा बृद्धि भएको छ।

‘विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेलाजस्ता व्याक्टेरियल संक्रमणका कारणले पनि फुडपोइजन हुने गर्छ,’ पन्तले भने।

डा. पन्तका अनुसार हाम्रो वरपर आँखाले देख्न नसक्ने स–साना माइक्रो अर्गानिजम (किटाणु) हन्छन्। माटोमा फल्ने तरकारी, देख्दा सफा दिखिने फलफूल सबैमा किटाणु सक्छ। कतिपय किटाणु राम्रोसँग पखाल्दा र पकाउँदा नष्ट हुन्छ। तर, केही पकाएपनि नष्ट हुँदैनन्।

माछा, मासु अण्डा र दूग्द्य उत्पादनहरुमा व्याक्टेरियाको छिटै संक्रमण हुने हुँदा यस्ता खानेकुरामा खदा विशेष सावधानी उपनाउनु पर्ने उनले बताएका छन्।

कतिपय अवस्थामा हात नधोई खाना पकाउँदा या खाँदा पनि व्याक्टेरियाको संक्रमण हुन्छ। बासी, सडेको, दुषित पानी, रङ मिश्रित खाना, जङफुड क्यामिलयुक्त प्याकेटका खानाका कारण धेरैलाई फुडपोइजन हुने पन्तले बताए।

डा. पन्तले फुडपोइजन हुँदा देखिने समस्या निम्न रहेको जनाएका छन्ः

पेट दुख्ने

झाडापखाला लाग्ने

मन्दज्वरो आउने

थकित महसुस हुने

टाउको दुख्ने

वाकवाकी लाग्ने

भोक नलाग्ने

कमजोर महसुस हुने

डाक्टर पन्तले त्यसबाट बँच्ने उपाय पनि सुझाएका छन्। जुन निम्नानुसार छन्ः

बँच्ने उपाय

शुद्ध पानी पिउने

पानी उमालेर, फिल्टर गरेर पिउने, प्रशस्त पिउने

चाडपर्वको बेलामा पकाइएको माछा, मासु, चिल्लो रोटी लामो समयसम्म राखेर नखाने

धेरै खानेकुरा एकैपटक नखाने

पकाएको खानेकुरा छोपेर राख्ने

झिँगा भन्किएको खानेकुरा नखाने

खाना पकाउँदा, र खानुअघि साबुन पानीले हात धुने

फलफूल राम्रोसँग पखालेर खाने

प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त नखाने

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?