सत्ता- छोरीको चोलो च्यातिएको हेरिबस्छ

सत्ता- छोरीको चोलो च्यातिएको हेरिबस्छ
सविता विमली
+
-

कविता


सत्ता कहिल्यै कसैको हुँदैन !

सत्ताको कुनै रंग हुँदैन
लिङ्ग, जात, धर्म, वर्ग हुँदैन
क्षेत्र, विचार, सिद्धान्त, नीति केही हुँदैन
र अहिलेसम्म सत्ता कसैको भएन पनि ।

जसको होइन
उसैले उठाएको हो सत्तालाई
माथिमाथि,
टारेको हो संकट सत्ताको
उसैले पटकपटक,
जसरी महिसासुरलाई
मार्न प्रयोग भइन् महादेवी
इन्द्रको सत्ताको सुरक्षाका लागि
त्यसरी नै यो कलिका अनगिन्ती
महादेवीका बलिदानले
ब्युँतिएको सत्ता
चुपचाप छ,
मौन बस्छ ।

ऊ छोरीको चोलो च्यातिएको हेरिबस्छ,
ऊ स्वास्नीको फरियाको मैलोसँग खित्का छोड्छ,
ऊ भाइको टोपीको प्वालमाथि अट्टहास गर्छ,
ऊ किसानका पसिना सडकमा नारा बन्दा पनि गल्दैन ।

ऊ विधवा बहिनीको अभिभावक होइन
ऊ टुहुरो भतिजाको नागरिकता पनि होइन
वृद्ध बाआमाको सुरक्षा, भत्ता केही होइन
ऊ कुनै पनि घरको श्री रहेन अब ।

ऊ मात्र औषधि हो आफ्नै
भत्ता, रक्सी, पार्टी, भोज, जुवा हो आफ्नै
सहानुभूति, आशा र समवेदनाका नाराले चढाएको
त्यो टाकुराले
थाम्छ कहिलेसम्म ??

निहत्थामाथि हतियार दागी बसेको
उसको अनुहार किन मलाई मेरै काका बाको
जस्तो लागिरहेछ ??!!

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?