कलाकार मनुजबाबु मिश्रका अदभूत कलाकृतिहरु (फोटो फिचर)

कलाकार मनुजबाबु मिश्रका अदभूत कलाकृतिहरु (फोटो फिचर)
मनुजबाबु मिश्रले जीवनकालको पछिल्लो समयमा बनाउँदै गरेको गणेशको अधुरै पेन्टिङ। सबै तस्बिरहरु: बर्षा शाह
+
-
काठमाडौँ- वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको गए राति २ बजे निधन भएको छ। साहित्य तथा चित्रकलामा महत्वपूर्ण योगदान दिएका मिश्रको हृदयाघातका कारण ८३ वर्षका उमेरमा निधन भएको उनका छोरा रवीन्द्र मिश्रले जानकारी दिए।
कलाप्रति उनको गहिरो प्रेम थियो भनिरहनुपर्दैन। मनुजबाबु चिनिएकै कलाका कारण हुन्। उनको घर पुग्ने जोकसैले उनको कलाप्रेम महसुस गर्नसक्छ। कलाकुटी नाम दिएको उनको चुच्चेपाटीस्थित घर पुग्नेबित्तिकै सबै महसुस गरिहाल्छन् उनको कलाप्रेम।
छोरा मिश्रका अनुसार उनी त्यस्ता व्यक्ति हुन्, जो आफ्नै किताब विमोचनमा पनि जाँदैनन् थिए। २० भन्दा बढी किताब निकालिसकेका उनले आफ्नो मुत्यृपछि सरल तरिकाले दाहसंस्कार गर्नू भनेर अर्‍हाएका थिए। त्यसैले पनि उनको मृत शरीरलाई श्रद्धाञ्जलीका लागि कहिँ कतै नराखिने परिवारजनले बताएका छन्।
उनको घरको कोठामा मात्र होइन, आँगनमा रहेको कलाकृतिमा पनि उनको परिकल्पनामा बनाइको मुत्यृले पनि कला देखाउने गर्दछ। उनी यही भदौमा ८३ वर्षमा लाग्ने थिए। हरेक वर्षमा प्रवेश गर्दा उनले एउटा कला कोर्ने गर्थे। यसपालि भने आफू ८३ वर्षमा प्रवेश नगर्दै उनले आफ्नो ८३ औँ वर्षको कलाकृति निर्माण गरेका छन्। उनको हरेक कलामा आफ्नो अनुहार र त्रिशुल देखिन्छ।
उनका छोरा रविन्द्र पत्रकार तथा विवेकशील साझा पार्टीका संयोजक हुन् भने छोरी मञ्जु मिश्र आमसञ्चार क्याम्पस चलाउँछन्। त्यस्तै उनका अर्का छोरा रोशन मिश्र कलाकार हुन्।

मनुजबाबु मिश्रको घर ‘कलाकुटी’को गेट।

मिश्रले आफ्नो शल्यक्रिया भएपछि बनाएको पेन्टिङ।

मनुजबाबुले ८३ औँ वर्षको पेन्टिङ उनको जन्मतिथि आउनुभन्दा केही महिनाअघि नै बनाएका थिए।

मिश्रको परिकल्पनामा उनको घरको आँगनमा राखिएको कलाकृति।

मनुजबाबु मिश्रको घरस्थित पुस्तकालय।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?