फुटबल जिन्दगी

फुटबल जिन्दगी
सविता विमली
+
-

चार कुना मिलेको
फराकिलो
फुटबल मैदान

तर कहिल्यै
मिल्न सकेन
जीवन मैदानको
चौकोस र आयतन

अमिबाको आकारजस्तो भएर
खुम्चिदै, तन्किदै गरिरहन्छ ।

कसरी मिलाउनु र सन्तुलन ?

गोलका प्रयासहरू
सब निरर्थक!

कोसिस न हो
लागिहाल्छ कहिले
अनि उक्लन्छ जिन्दगी
‘ए’ डिभिजनमा

एल्लो र रेड कार्डका
थुप्राहरूमा
रेफ्रीका सिटी फुकाइ र सङ्केतहरू
बोलिरहन्छन् ।

मौका पर्खिन्छन् खुट्टा
बेञ्चमा बसेर

खुट्टाले सधैं नब्बे मिनेट
कहाँ पाउनु ?
विकल्पमा उभिन पनि सिकाउँछ फुटबल

सधैं गालामा
चन्द्र सूर्य फुलाएर
झण्डा उचाल्ने दर्शक
औंला ठड्याउँछ
गाली बर्साउँछ
ढुंङ्गै पनि पो हान्छ त कहिले !

फ्रि र कर्नर किक
अनि पेनाल्टी
पाउँदै र तिर्दै
अफ साइड प्रहारमा
गोलको दाबी गर्दै
फुटबल जिन्दगी
अधिकार माग्छ आफ्नो

अभ्यासमा अभ्यस्त खुट्टा
बलको लागि तिर्खाएका छन्
विपरीत पोस्ट गोल पर्खिरहेछ

जीवनको यो साँझमा
खै ! कसरी लाग्यो ?
यो गोल….!

हानेर आफैँ विरुद्ध
एक आत्मघाती गोल
रेलिगेसन जिन्दगी
बाँचिरहेछ मान्छे ।

(रेलिगेसन जिन्दगी कविता संग्रहभित्र संग्रहित कविता)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?