पहिलो नेपाली निर्देशक परियारको ऐतिहासिक संस्मरण आयो

पहिलो नेपाली निर्देशक परियारको ऐतिहासिक संस्मरण आयो
निर्देशक डीबी परिहारको पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्ज डेमोक्रेसी’ सार्वजनिक गर्दै कांग्रेस नेता विमलेन्द्र निधि, चलचित्र निर्देशक यादव खरेललगायत। सबै तस्बिरहरु: बर्षा शाह
+
-

काठमाडौँ- नेपाली कांग्रेसका संस्थापक एवं पहिलो नेपाली चलचित्र राजा हरिशचन्द्रका निर्देशक डीबी परिहार (परियार) को संस्मरण पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्ज डेमोक्रेसी’ शनिबार भृकुटीमण्डपमा जारी पुस्तक मेलाका अवसरमा सार्वजनिक भएको छ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्देशक यादव खरेल र प्रताप पाैडेलले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले अधिनायकवाद र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल-भारतले स्वतन्त्रता पाउनुपर्छ भन्नेमा परिहार सधैँ अग्रसर रहेको बताए। उनले भने, ‘कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो। बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार,’ निधिले इतिहास खोतले।

अनुसन्धाता शंकर तिवारीले भारतको दिल्लीस्थित एक पुस्तकालयमा फेला परेको हस्तलिखित मनोग्राफीलाई परिवारको अनुमतिमा प्रकाशन गरेका हुन्। पब्लिक पोलिसी पाठशालाले पुस्तक प्रकाशन गरेको हो।

कांग्रेस उपसभापति विमलेन्द्र निधि।

पुस्तक सम्पादक शंकर तिवारी।

चलचित्र निर्देशक यादव खरेल।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?