धनुषामा एक महिलामाथि बलात्कारको प्रयास, आरोपित पक्राउ

+
-

जनकपुर – धनुषामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास भएको घटना सार्वजनिक भएको छ । जनकपुर उप–महानगरपालिका–२४ सोनापाराकी महिला माथि बलात्कारको प्रयास भएको खुलेको हो ।

२४ वर्षिया महिलालाई आफ्नै छिमेकीले घरमा कोही नभएको बेलामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

करणीको प्रयासको आरोपमा पक्राउ पर्नेमा ३६ वर्षका दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गएको चैत ३० गते शुक्रबार दिउँसो १ बजे घरमा कोही नभएको बेला रक्सी खाएर मण्डल घरभित्र रहेकी महिलामाथि जवरजस्ती करणीको प्रयास गरेका थिए ।

महिला प्रतिकार गर्दै हारगुहार गर्दा स्थानीय बासिन्दाको पहलमा प्रहरीले मण्डललाई पक्राउ गरेको जनाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?