मिथिलाञ्चल मनाउँदै छ आज जुडशीतल

मिथिलाञ्चल मनाउँदै छ आज जुडशीतल
जुडशीतल मनाउँदै जनकपुरका स्थानीय। फाइल तस्बिर
+
-

जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आइतबार हिलो खेली र बासी बरीभात खाएर जुडशीतल पर्व मनाइँदैछ।

वैशाख २ गते मनाइने जुडशीतलमा एकअर्कालाई शीलत (पानी) ले जुडाउने र हिलो खेल्ने परम्परा छ। होली पर्वमा रंग अविरको महत्वझैँ जुडशीतलमा हिलोको महत्व छ।

आजको दिन बिहानै बोटविरुवा, सडक र खेतमा पानी हाल्नुका साथै दिउँसो पोखरी तथा नदीमा पुगी हिलो खेल्ने परम्परा छ। मिथिलामा लोकपर्वको रुपमा रहेको जुडशीतल विस्तारै लोपोन्मुख हुँदै गए पनि ग्रामीण भेगमा अझै यसको महत्व कम भएको छैन।

जुडशीतलको दिन शरीरमा माटो र हिलो लगाउनाले छाला सम्बन्धी रोग नलाग्ने अवधारणा छ भने यसले गर्मीयाममा शीतलता प्राप्त भइरहने जनविशवास छ।

गर्मी याममा दादुरा, कुष्ठरोग, छाला डढ्ने जस्ता समस्या हुने गरेकोले जुडशीतलका दिन शरिरमा माटो लगाइयो भने यस्तो रोगहरुबाट बच्न सक्ने स्थानीय शिव मण्डल बताउँछन्।

जनकपुर सिनुरजोडाका दुखरन यादव भन्छन्, ‘जुडशीतल बरीभात खाएर मनाएँ तर हिलोपानी भने खेलिनँ, हिलो खेल्दा जिउभरि माटो लाग्छ, झग्डा पनि हुन्छ।’

आइतबार बिहानै मिथिलाञ्चलका बासिन्दाहरुले आआफ्नो जेष्ठ तथा अग्रजको हातबाट टाउकोमा बासी पानी छम्केका छन् भने कतिजनाले मठमन्दिर पुगेर पुजारीको हातबाट समेत टाउकोमा पानी छर्काएका छन्।

जनकपुरमा जुडशीतल विशेष

मिथिलाको प्रमुख लोक पर्वको रुपमा रहेका जुडशीतलको अवसरमा आइतबार जनकपुरमा शुभकामना अदानप्रदान कार्यक्रम समेत गरिएको छ। प्रदेशसभा सांसद रामआशीष यादव, मानवअधिकारकर्मी विजय दत्त, सामाजिक अभियन्ता सुमित कर्णसहितका व्यक्तिहरुको उपस्थितिमा जुडशीतल विशेष कार्यक्रम गरिएको छ।

विस्तारै हराउँदै गरेको उक्त पर्वलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा उपस्थित व्यक्तिहरुले एकअर्कालाई माटो (हिलो) लगाएर जुडशीतल मनाएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?