महिनाबारे भएको बेला प्याड बनाउने तालिम

महिनाबारे भएको बेला प्याड बनाउने तालिम
महिनाबारी भएको बेला प्रयोग गर्न प्याड बनाउन सिकाउँदै। तस्बिर: देशसञ्चार
+
-

जनकपुरधाम- महिनावारीबारे सरसफाइ र चेतना नअपनाउँदा हुने संक्रमणबाट जोगिन महिनावारी सरसफाइ सम्बन्धी जनचेतना मूलक कार्यक्रम भएको छ।

जनकपुर उपमहानगरपालिका १४ रजौल र धनुषाको औरही गाऊपालिका स्थित एक विद्यालयमा एकदिने प्याड मेकिङ्ग ट्रेनिङ अभियान सम्पन्न भएको छ।

वर्किंग एन्जल्स र गर्लईम्पावर वाई ट्राभलको पहल तथा जिल्ला युवा संजाल धनुषा र समाजिक अभिन्यन्ता सुमित कर्णको सहकार्यमा कक्षा ८, ९, १०, ११, १२ लगायत पाँच वटा विद्यालयका छात्रा, शिक्षक र स्थानीय महिलाहरुलाई महिनावारीवारे जानकारी गराइएको छ ।

विद्यालयमा महिनावारी बारे शिक्षक र अविभावकसँग खुलेर भन्न नसक्दा विभिन्न बहाना बनाएर विद्यार्थीहरु बिदा लिएर घर जाने गरेको अभियानकर्ता तथा जिल्ला युवा संजाल धनुषाका कोषाध्यक्ष संगीता साह बताउँछिन् ।

महिनावारी बारे अझै पनि गोप्य रुपमा कुरा हुँदा किशोरी तथा महिलामा यसबारे अपनाउनु पर्ने सचेतनाको विषयमा अज्ञानता देखिएको उनको भनाइ छ ।

वर्किंग एन्जल्सका छिरिंग यांगजम शेर्पा र शिवानी माया लगायतसहितको टीमले धनुषामा गरेको कार्यक्रममा सहभागी स्थानीयले महिनावारी स्वास्थ्यबारे अब समाज जागरुक हुनु पर्ने समेत बताए।

यस्तै, विद्यालयले विद्यालयमा स्यानेटरी प्याड र महिनावारी हुँदा दुखाइ कम गर्ने औषधी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्। तराई मधेशतिर महिनावारी बारे बोल्न अझै लाज मान्ने गरेको कारण यसबारे महिला स्वास्थ्यमा समेत संक्रमण हुने सम्भावना उच्च रहेको देखिन्छ ।

अन्धविश्वाससँग सरोकार

औरही गाउँपालिकामा भएको कार्यक्रमको अभियानकर्ता संगीता साह भन्छिन्, महिनावारी हुँदा प्याडको रुपमा कपडाको प्रयोग गर्ने र त्यही कपडा सफासँग नधोई पटक पटक प्रयोग हुने गरेको छ, कपडालाई घाममा सुकाउन नहुने जस्ता मान्यताले महिलाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम छ । तर यहाँ अझै प्रयोग भएको प्याड जलाउनुहुन्न, जलाए भविष्यमा सन्तान नहुने जस्ता अन्धविश्वास छ । त्यही भएर महिनावारी बारे सचेतना अभियान शुरु गरेका हौँ।’

कार्यक्रममा महिनावारी स्वास्थ्यको साथै महिनावारी भएको बेला प्रयोग गरिने स्यानेटरी प्याड आफैले कसरी बनाउने भन्ने बारे सिकाइएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?