प्रदेश-२मा दुई लाख बालबालिका विद्यालय भन्दा बाहिर

प्रदेश-२मा दुई लाख बालबालिका विद्यालय भन्दा बाहिर
+
-

जनकपुर- प्रदेश २ मा सबैभन्दा बढी वालवालिका विद्यालय भन्दा बाहिर रहेको तथ्यांक एक कार्यक्रममा प्रस्तुत गरिएको छ।

समाजिक विकास मन्त्रालयद्वारा आयोजित विद्यार्थी भर्ना अभियान २०७५ तथा पाठ्यपुस्तक उपलब्धता सम्बन्धी कार्यक्रममा प्रदेश २ मा एक लाख ९५ हजार वालवालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

शिक्षामन्त्री गिरीराजमणी पोखरेलको प्रमुख्य आतिथ्यमा विहीवार अपराह्न २-३०मा सुरु भएको कार्यक्रममा प्रदेशको ८ वटै जिल्लाबाट उपस्थित भएका जिल्ला शिक्षा अधिकारीहरुले आ(आफ्नो जिल्लाको विद्यालय बाहिर रहेका विद्यार्थीहरुको संख्या बारे बताएका छन्।

प्रदेश २ का भौतिक तथा पुर्वाधारमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा शुरु भएको कार्यक्रममा विद्यालय बाहिर रहेको विद्यार्थीहरुको संख्यामा बारामा सबैभन्दा बढी ३० हजार भन्दा बढी विद्यार्थी र सबभन्दा कम सप्तरीमा ७ हजार ६ सय विद्यार्थी विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ।

यस्तै, धनुषामा भने २७ हजार ३ सय ९७ वालवालिका विद्यालयभन्दा बाहिर रहेको तथ्यांक छ। तथ्यांक अनुसार विद्यालय बाहिर रहेको वालवालिका धनुषा जिल्ला प्रदेशकै दोस्रो स्थानमा छ।

विद्यालय वाहिर रहेको वालिकाको संख्या सिरहामा १३ हजार ५ सय ९९, महोत्तरीमा १० हजार ६ सय ५०, सर्लाहीमा १३ हजार ७ सय ४९ र रौतहटमा २२ हजार र पर्सामा ११ हजार २ सय १ रहेको छ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, सचिव राजेश्वरमान सिंह, विरगंजका प्रमुख विजय कुमार सरावगी लगायत प्रदेशको ८ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीहरको उपस्थिती रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?