धर्मगुरुको हत्या प्रयासको विरोधमा सडकमा ओर्लिए धार्मिक संघसंस्थाहरु

धर्मगुरुको हत्या प्रयासको विरोधमा सडकमा ओर्लिए धार्मिक संघसंस्थाहरु
+
-

मोरङ- हिन्दु धर्मगुरु श्री श्री शिरोमणि श्री श्री निवासाचार्यको हत्याको प्रयासमा संलग्नहरुलाई कार्वाहीको माग गर्दै विराटनगर र सुनसरी जिल्लामा मङ्गलबार विभिन्‍न धार्मिक संस्थाहरुले संयुक्त रुपमा विरोध गरेका छन्।

दिउँसो विराटनगरमा सनातन हिन्दू राष्ट्र जागरण अभियान र ओमकार परिवारले धार्मिक र्‍याली निकाल्दै बिरोध प्रदर्शन गरेका हुन्। नगर परिक्रममा मका गर्ने क्रममा उनीहरुले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरेका थिए।

नगर परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेको र्‍यालीका सहभागीले प्रधानमन्त्रीसहित केन्द्रीय सरकारलाई ज्ञापन पठाएको छ। सो क्रममा सनातन हिन्दू राष्ट्र जागरण अभियान मोरङका अध्यक्ष तिलक रिजालले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रधानमन्त्री सहित गृहमन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा धार्मिक गुरु श्री निवासाचार्यलाई गोली प्रहार गर्ने समूहलाई तत्काल पक्राउ गर्नुपर्ने, साधुसन्तहरुको सुरक्षा गर्नुपर्ने लगायत विज्ञप्तिमा संलग्न समुह र संस्थालाई कारवाही गर्नुपर्ने माग गरिएको छ। त्यसैगरी, धर्मनिरपेक्षको नाममा सनातन धर्मलाई प्रभाव पार्ने गरि विभिन्न समुह सक्रिय भएको उनीहरुको दाबी छ।

सोही क्रममा विरोधमा रहेका हिन्दु धर्मका आस्थावान गुरु, साधुसन्त, पीठाधीश तथा अनुयायीहरुले २४ घन्टाभित्र श्रीनिवासाचार्र्यमाथि आक्रमण गर्ने समुहलाई पक्राउ नगरे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।

त्यसैगरी सुनसरी जिल्लाको इनरुवामा पनि गुरु श्री निवासाचार्य माथि भएको गोली प्रहारको निन्दा गर्दै हिन्दुवादीहरुले विरोध र्‍याली निकालेका छन्।

बृहत राजाबादी मोर्चाको अगुवाईमा इनरुवा बजारमा विरोध र्‍याली निकालिएको हो।

र्‍यालीमा सहभागीहरुले हिन्दु धर्म गुरुमाथिको आक्रमण सुनियोजित भएको जनाउँदै दोषीमाथि कार्वाहीको माग गरेका छन्। विरोधका क्रममा मोर्चाका संयोजक सिनेट श्रेष्ठले हिन्दू धर्ममाथिको आक्रमण असह्य हुने भन्दै सबै बेलैमा सचेत हुन आवश्यक रहेको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?