स्वास्थ्य

पानीजन्य संक्रमणबाट कसरी जोगिने ?

पानीजन्य संक्रमणबाट कसरी जोगिने ?
+
-

प्रि–मनसुन र मनुसुनको समयमा पानीजन्य रोगको संक्रमण बढी हुने गर्छ । विषेशगरी यो समयमा पानीबाट सर्ने झाडापखाला, टाइफाइडसहितका विभिन्न रोगको प्रकोप देखिने गरेको छ ।

डा. अनुप बास्तोला

यो समयमा यस्ता संक्रामक रोग निम्ताउने ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा लगायका विभिन्न जीवाणुको सक्रियता बढी हुन्छ । पानीका मुहान वर्षायाममा आउने भेलका कारण दुषित हुन्छन् ।

तिनै मुहानको दुषित पानी पिउनाले विभिन्न रोग र संक्रमणहरु देखा पर्छन् । रोटा भाइरस, नोरो भाइरल लगायतका विभिन्न भाइरसले झाडापखला जस्ता संक्रामक रोग लाग्छ ।

यस्तै ब्याक्टेरियल संक्रमण जस्तैः सालमोनेला, इकोली, सिजेला जस्ता ब्याक्टेरियाको संक्रमणका कारण ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने, कमजोरी महसुस हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ ।

त्यस्तै पानी मात्रै नभएर घरमै बनाएर खाइने सलाद होस या अन्य कुनै खानेकुरामा पनि दुषित पानीको प्रयोग भएको छ भने ब्याक्टेरियल संक्रमणको जोखिम हुन्छ । त्यस्तै मलमुत्र मिश्रित पानीका कारण भाइरल हेपटाइटिस ए र ई हुने गर्छ ।

यो बेला उड्ने किराको विकास हुने हुँदा झिँगा, माखाहरु जसले रोगको किटाणु एक ठाउँबाट अर्को ठाउँमा सार्ने सम्वाहकको काम गर्छ ।

त्यसैगरी यो समयमा पकाएको खाना धेरै बेरसम्म राख्दा ब्याक्टेरियाहरुको संक्रमण हुन सक्ने संभावना रहन्छ । जसले गर्दा फुडपोइजन हुन्छ ।

त्यसैले वर्षायाममा पानीको मुहान दुषित हुने हुँदा मुहानको पानी पिउँदा निर्मलीकरण गरेर मात्रै पिउनु पर्छ । पानी मात्रै नभएर हामीले खाने खानेकुरा सफा छ कि छैन भन्ने कुरामा सचेत हुनुपर्छ ।

त्यती मात्रै नभएर खाना खाने बेलामा होस् या फोहोर कुरा छोएपछि साबुन पानीले हात धुनु पर्दछ । यो बेलामा विषेश गरी इन्फ्लुएन्जाको खतरा हुने हुँदा सरसफाईमा ध्यान दिनुपर्छ ।

जो व्यक्ति यसको जोखिममा रहेका छन् उनीहरुले खोप अनिवार्य रुपमा लगाउनु पर्ने हुन्छ । यस्तो जोखिममा विषेश गरेर पाँच वर्ष भन्दा मुनि र ६५ वर्ष भन्दा माथिका बुढाबुढी हुन्छन् । यसैगरी गर्भवती महिला र दीर्घकालीन रोग लागेकाहरुमा पनि खतरा रहन्छ ।

यस्ता बिरामीले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको खोपको प्रयोग गरी इन्फ्लुएन्जा संक्रमणबाट जोगिन सकिन्छ ।

तसर्थ बाटोमा हिँड्ने बेला माक्सको प्रयोग गर्ने, धेरै भिड भएको ठाउँमा हिँड्डुल नगर्ने, सकेसम्म उमालेर मात्रै पानीको सेवन गर्ने र आवश्यता अनुसार साबुन पानीले हात धुने गर्नुपर्छ ।

(डा. अनुप बास्तोलासँग बिन्दु शर्माले गरेको कुराकानीमा आधारित ।)

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?