‘भोर’ मा समेटियो दाइजोले निम्ताएको पीडा

‘भोर’ मा समेटियो दाइजोले निम्ताएको पीडा
+
-

जनकपुर – आउँदो २१ गतेबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको चलचित्र ‘भोर’ ले दाइजो प्रथाले समाजमा उत्पन्न समस्या तथा घटनाक्रमलाई पर्दामा उतारेको छ ।

दाइजोका कारणले महिलालाई यातना दिनुका साथै विभिन्न लाञ्छना लगाएर हत्यासम्म हुने घटनाले समाजमा जरा गाडेको यर्थातलाई भोरले समेटेको छ ।

समाजमा विकराल समस्याको रुप लिएको दाइजो प्रथाले नानाथरीका विकृतिको जन्म हुनुका साथै वैदेशिक रोजगारीबाट फर्कने लगतै विवाह गर्ने बेहुला हातको मेहन्दी समेत नछुटेको बेला नै विदेश जाँदा उब्जाएको घटनाक्रमले नव दुलहीलाई नानाथरीका प्रश्न तथा लाञ्छनाको सामना गर्नु परेको यर्थात भोरले देखाएको छ ।

सती प्रथामा आधारित चलचित्र ‘झोला’ को अपार सफलतापछि निर्देशक यादव कुमार भट्टराईले दाइजो प्रथामा आधारित चलचित्र भोरको प्रिमियर शो प्राचिन मिथिलाको राजधानी जनकपुरमा गरेका छन् ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको यस चलचित्रमा जनकपुरका कलाकार रामनारायण ठाकुर (दयाशंकर), राजविराजकी डली सरकार (जानकी), जनकपुरकै प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना (फेकु), बिएन पटेल (विन्देश्वर), पूजा कर्ण (दुलारी) लगायतका कलाकारले अभिनय गरेका छन् ।

दाइजो प्रथाले खासगरी तराई मधेसमा निकै समस्या उत्पन्न भइरहेकोले चलचित्रमा पनि मधेसकै जनजिवन तथा यहाँको विकृति र समस्यालाई समेट्न खोजिएको छ ।

यस्तै कथालाई वास्तविक झै झल्काउन स्थानीय कलाकार तथा मैथिली भाषाको प्रयोग गरिएको छ भने नेपाली भाषी दर्शकलाई उक्त सम्वाद बुझाउनका लागि नेपाली सवटाइटलको प्रयोग गरिएको छ ।

मुख्य पात्रको रुपमा रहेकी जानकीको हत्या दाइजोले गर्दा नै भएको घटना देखाइएको चलचित्र भोर आसा गरे अनुरुप उत्कृष्ट नभए पनि कलाकारहरुको अभिनय, दृश्य छनौट, मार्मिक सम्वादले दर्शकहरुलाई बाँध्न सफल हुन्छ ।

चलचित्रको सुरुवातदेखि मिथिलाको वैवाहिक परम्परा र विवाहमा गाइने विभिन्न कर्णप्रिय लोक गीत समावेश गरिएको छ, जसले मिथिला सँस्कृति झल्काउन थप मद्दत पुर्‍याएकोे छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?