विरामीको लापरवाहीले क्षयरोग नियन्त्रण चुनौती

विरामीको लापरवाहीले क्षयरोग नियन्त्रण चुनौती
फाइल तस्बिर ।
+
-

सुर्खेत-क्षयरोगका विरामीहरुले औषधि उपचारमा लापरवाही गर्द नियन्त्रणमा चुनौती थपिएको छ। कर्णालीका विपन्‍न वस्तिहरुमा जनचेतनाको अभावका कारण क्षयरोगीहरुले समयमा उपचार नगराउँदा नियन्त्रण चुनौती बनेको हो।

क्षयरोग निवारणमा वर्षेनी लाखौं खर्च गरेपनि विरामीहरुले उपचारमा लापरवाही गर्दा पून बल्झिने समस्या कायम रहेको छ।

गरीविका कारण समयमा स्वास्थ्यपोचार नपाउँदा क्षयरोगका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले क्षयरोगसम्बन्धी ५ वर्षे रणनीति २०१६–२०२१ तयार पारे पनि कर्णाली क्षेत्रमा नयाँ क्षयरोगी फेला पर्ने दर घटेको छैन्।
कर्णाली प्रदेशका १० जिल्लामा तीन सय ७९ जना नयाँ क्षयरोगका विरामीहरु फेला परेका छन्।

मन्त्रालयका अनुसार चालु आवमा विभिन्न प्रकारका नयाँ क्षयरोगीहरु फेला परेका हुन्। प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी दैलेखमा क्षयरोगीहरु फेला परेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांकअनुसार साउन, भदौं, असोज र कात्तिकमा मात्रै थप नयाँ क्षयरोगीहरु सम्पर्कमा आएको हुन् । डोल्पामा पाँच जना महिला, आठ जना पुरुष गरी १३ जना नयाँ क्षयरोगी भेटिएका छन्।

यस्तै, हुम्लामा महिला तीन जना र पुरुष पाँच जना दैलेखमा २६ जना महिला र ५४ जना पुरुष, जाजरकोट जिल्लामा २१ जना महिला, २२ जना पुरुष क्षयरोगका संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका अधिकृत खगेन्द्रप्रसाद गैरेले बताए।

जुम्लामा १२ जना महिला र १५ जना पुरुष, कालिकोटमा १३ जना महिला र २१ जना पुरुषहरुमा क्षयरोगको लक्षण देखिएको उनले बताए। मुगुमा पाँच जना महिला र ११ जना पुरुषमा थप क्षयरोग भेटिएका छन्।

रुकुम पश्चिममा २९ जना महिला र ५१ जना पुरुष, सल्यानमा २४ जना महिला र ५४ जना पुरुषमा क्षयरोग देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी बसन्तमान श्रेष्ठले कर्णाली प्रदेशमा सुर्खेत क्षयरोगको उच्च जोखिममा रहेको बताए।

क्षयकुष्टरोग अधिकृत गणेशभक्त गौतमले क्षयरोगीहरु सम्पर्कमा नआउने भएकाले नियन्त्रणमा चुनौती थपिएको बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?