२१ प्रतिशत किशोरीहरु महिनावारीकै कारण स्कुल जानबाट बञ्‍चित

+
-

काठमाडौ- छाउपडी प्रथा र किशोरी–महिलाहरुले खेप्नुपरेको पीडाबारे सञ्चार माध्यममा बेलाबेला खबर ल्‍याइरहँदा मित्र समाजले गरेको एक सर्वेक्षणमा करीब २१ प्रतिशत किशोरीहरु महिनावारीकै कारण स्कुल जानबाट बञ्‍चित भएका छन्।

मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीले देश सञ्‍चारसँग कुराकानी गर्दै किशोरीहरुको पढाइ महिनावारीकै कारण वार्षिक रुपमा ३० प्रतिशतले छुटेको बताए। उनले भने, ‘ हामीले मितिनी नामक कार्यक्रम चलाउनु अडाडि सर्वेक्षण गर्दा २१ प्रतिशत नेपालका किशोरीहरुको पढाइ महिनावारीकै कारण छुटेको पायौ।’

उनले नेपाली समाजमा बालबालिकालाई स्कुल पठाउने कुरा गरे पनि अभिभावकले उसलाई आइपर्ने महिनावारीको समस्‍याबारे खुलेर कुरा नगर्दा मध्‍यपश्चिम र सुदुरपश्चिममा बाधकको रुपमा देखिएको बताए।

उनले भने, ‘ अझै पनि ४९.८ प्रतिशत कोशोरीहरुमा सेनीटरी प्याड महंगा हुने महसुस गरी कपडा प्रयोग गर्ने गरेका छन् भने १२. ७ प्रतिशत किशोरीमा सेनिटरी प्याडबारे जनकारी नै छैन।’

उनले भने, ‘किशोरी र महिलाहरुलाई आइपर्ने महिनावारीको समस्‍या काठमाडौंमै छ। अब भन्‍नुस् मध्‍यपश्चिम र सुदुर पश्‍चिममा त झन हुने नै भयो। यसको लागि मित्र समाज नेपालले जनचेतना मुलक कार्यक्रम ल्‍याएको छ।’ उनले अब आउने मे महिनाबाट महिनाबारी सम्बन्धमा रिसर्च गर्न लागिएको बताए।

उनले महिनावारी भएको बेला व्यतिगत सरसफाई विशेष ध्यान पुयाउन सक्ने, पोसिलो खानेकुरा खाने र परिवारमा मित्रवत् वातावरणको सृजना गर्नेमा मित्र समाज लागि परेको बताए।

उनले थपे, ‘ हामी महिनाबारीवारे गाउँ-शहर दुवैका किशोरी र महिलाहरु दिदीबहिनीहरु माझ गएर समस्‍या र समाधानबारे तथ्‍य पत्ता लगाउने छौ र समाजमा समान र मित्रवत व्‍यवहारबारे सबैलाई जनचेतना जगाउन प्रेरित गर्छौ। यसले सामाजि परिवेश नै परिवर्तन हुन्छ। यो कार्यक्रम हामी अप्रिलबाटै सुरुवात गरिसकेका हुनेछौ। ‘

समाजमा परम्परागत दृष्टिकोण र व्‍यवहारले किशोरीहरुलाई थप समस्यामा पारेकोले अब शिक्षा र स्वास्थ्य जनचेतना मार्फत जनचेतनामुलक कार्यक्रम ल्‍याउनु पर्नेमा उनले जोड दिए।

नेपालीले नेपालीलाई मित्रवत ढंगले व्‍यवहारिक भएर मित्र समाज नेपाल अगाडि बढ्‍ने उद्देश्‍य रहेको उनको भनाई थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?