मिर्गौला कसरी बचाउने ?

मिर्गौला कसरी बचाउने ?
सांकेतिक तस्बिर
+
-

काठमाडौं – मिर्गौला शरीरको अति महत्वपूर्ण अंग हो । यसले रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबको माध्यमबाट बाहिर निकाल्दछ ।

यसले रगतमा भएको खनिज र नुनलाई समेत सन्तुलनमा राख्दछ । तर कतिपय अवस्थामा विभिन्न कारणले गर्दा मिर्गौला खराब हुने गरेको चिकित्सक बताउँछन् ।

मिर्गौलामा खराबी हुनुका कारण

उच्च रक्तचाप ।

मधुमेहको समस्या ।

हृदयघात ।

वंशाणुगत समस्या ।

औषधिको जथाभावी सेवन ।

पिसाब नलीको समस्या ।

मिर्गौलामा पर्याप्त मात्रामा रगत नपुग्नु ।

लक्षण

पिसाब कम हुँदै जानु

हात खुट्टा सुन्निनु

छातीको दुखाई, रक्तचाप र हृदयाघात

बढी थकान महसुस हुनु

बेहोश हुनु

वान्ता गर्नु

फोक्सोमा पानी संचित हुन जानाले श्वासप्रश्वास मा असहजता हुनु

मिर्गौलाको खराबीबाट कसरी बच्ने ?

१) मिर्गौलाको समस्या हुनुलाई गम्भीर प्रकृतिको समस्या मान्नुपर्छ । यसको समस्याले मानिसको आर्थिक, सामाजिक, भौतिक रुपमा समेत असर पुग्दछ । मिर्गौलाको नियमित जाँच नगरेको कारणले कतिपय अवस्थामा मिर्गौला पूरा रुपमा काम गर्न खोज्दा मात्र थाहा हुने गर्छ । यस बारेमा समयमा नै सजग हुनु पदर्छ ।

२) मधुमेह, उच्च रक्तचाप नियन्त्रणमा राख्नुपदर्छ ।

३) चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुँदैन ।

४) मोटोपनसकेसम्म घटाउनु राम्रो हुन्छ, पर्याप्त पानी पिउने गर्नु पर्छ ।

५) रक्सीको सेवन गर्नु हुँदैन ।

६) मिर्गौलाको समस्या छ भने चिकित्सकको सल्लाह अनुसार ठिक्क मात्र पानी पिउनु पर्छ ।

७) नियमित योग, ध्यान र प्राणायामको अभ्यास गरेर तनाव व्यवस्थापन गर्नु पर्छ

८) सन्तुलित एवं पोषण भएको भोजन लिनुपर्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?