जनकपुरमा स्थानीयले दिउँसै झुल ओढे

जनकपुरमा स्थानीयले दिउँसै झुल ओढे
जनकपुरको जानकी मन्दिरअगाडि झुल ओढेर विरोध जनाउँदै स्थानीय। तस्बिरहरुा: प्रतिभा झ
+
-

जनकपुरधाम- मौसम परिवर्तन भएसँगै जनकपुरमा बढेको लामखुट्टेले आजित भएका स्थानीयले झुल ओढेर सांकेतिक विरोध प्रर्दशन गरेका छन्।

स्थानीय सरकारको विरोध गर्दै परिवर्तनका लागि युवा अभियान र जानकी युवा क्लबले झुल ओढेर सांकेतिक बिरोध गरेका हुन्।

जननिर्वाचित मेयर र वार्ड अध्यक्षहरूले जनताको समस्यामा ध्यान नदिएको भन्दै स्थानीय युवाले विरोध स्वरुप ठाउँठाउँमा झुल ओढेर बसेका देखिए। जनकपुरको जानकीचोकमा केही स्थानीय युवा अंगराज पोखरी छेउमा झुल ओढेर बसेका थिए भने जानकी मन्दिरको प्रांगणमा पनि युवायुवती तथा महिला पनि झुल ओढर उभिएको देखिए।

अहिले जनकपुरका प्रत्येक वार्डमा लामखुटे आतंक छ तर वार्ड अध्यक्षहरू र मेयरले वास्ता नगरेका कारण बाध्य भएर आफूहरु सांकेतिक बिरोधमा उत्रेको भन्दै स्थानीय सुशील कर्णले आक्रोश पोखे।

स्थानीय आशा साह भन्छिन्, ‘समयमै औषधि नछर्के विभिन्न रोग बढ्छ।’

यस्तै, जानकी युवा कमिटीका अध्यक्ष बिट्टू पंजियारले मेयरले अब पनि मच्छरको औषधी नल्याए कड़ा आन्दोलन हुने चेतावनी दिएका छन्।

‘चुनावको बेला चिप्लो कुरा गर्ने र कामको बेला पिठ्यूँ देखाउने मेयरलाई हामी सचेत गराउन चाहन्छौँ’, सांकेतिक विरोध कार्यक्रमलाई संबोधन गर्दै क्लबका महासचिव मोहन रौनियारले आक्रोश पोखे।

सांकेतिक विरोध कार्यक्रमका क्रममा युवा र स्थानीयले नाटकसमेत मञ्चन गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?