हिंसा

वैदेशिक रोजगारले अल्झाउँदै सामाजिक सम्बन्ध

वैदेशिक रोजगारले अल्झाउँदै सामाजिक सम्बन्ध
सांकेतिक तस्बिर । तस्बिर : सटरस्टक
+
-

जनकपुर – फूलकुमारीले घरजग्गा र गहना बेचेर श्रीमानलाई विदेश पठाइन् । सपना थियो उज्यालो भविष्यको बालबच्चाका लागि अनि आश थियो घरको अवस्था सुध्रने ।

यहि सपना र आशको खेलमा फूलकुमारीले आफ्नो फूलजस्तो जीवन अझै फक्राउने रहरमा श्रीमानलाई आफूलाई पर पढाउने तयारी गरिन् । तर फूलकुमारीको सपना साकार हुुनुको साटो उनको सानो गृहस्थीनै बर्बाद भएको छ ।

वैदेशिक रोजगारमा रहेका कुमारीको श्रीमानले घरमा श्रीमती र दुई बच्चा हुँदाहुँदै पनि अर्को बिहे गर्दा उनी घर न घाटकी भएकी छन् ।

धनुषाको तारापट्टी घर भई अहिलेसम्म महेन्द्रनगर बस्दै आएकी फूलकुमारी अहिले होटेलमा भाँडा माझेर दुई छाक टार्न बाध्य भएकी छन् । आफ्नो जिन्दगी भन्दा पनि उनलाई दुई सन्तानको भविष्यले सताउन थालेको छ ।

आँखाबाट झर्न लागेको आँसु रोक्ने प्रयासमा फूलकुमारी भन्छिन्, जीवनको हरेक सुखदुःखमा साथ दिने वाचा गरेका श्रीमान घरकै समस्याका कारण विदेश गए तर विदेशिएको केही महिनामै आफूलाई पराई गर्दै अर्काको हात समाएपछि हामी त विचल्लीमा पर्‍यौँ ।’

उनको प्रश्न छ ‘म र मेरा सन्तानको के दोष थियो र कि उनले विदेशमा अर्काको हात समाउनु प¥यो ? यो मलाई थाह भएन तर आफु अन्यायमा परेको छु, मेरा संतानको भविष्य अन्धकार भएको छ ।’

प्रकृति फरक, पीडा उस्तै

वैदेशिक रोजगारका कारणसमाजमा अहिले महिला हिंसा दिनानुदिन बढ्दै गएको छ । एक महिनाअघि मात्रै धनुषाको क्षिरेश्वरनाथ नगररपालिका–८ हार्सरमा एक २० वर्षकी युवतीको जालएर हत्या भयो ।

मृतक हजरा खातुनमाथि सासु ससुरा र श्रीमानले मट्टितेल छर्केर आगो लगाएका थिए । मृतक खातुनको दोष श्रीमानसँग सम्बन्ध विच्छेद नगर्नु थियो जसले गर्दा उनलाई ज्यानै गुमाउनु पर्‍यो । आगोमा जलेर टाउको भन्दा तलको शरीरको सम्पूर्ण भाग जलेकी हजराको उपचारको क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका बुवाका अनुसार छोरी हजरालाई केही महिनादेखि श्रीमानसहित घरपरिवारले नराख्ने, सम्बन्ध विच्छेद गर्ने भन्दै यातना दिँदै आएका थिए ।

सकुरले छोरीको दुःख बारे प्रहरीमा उजुरी समेत दिएको र जिल्ला प्रहरी कार्यालय धनुषा भित्र रहेको महिला तथा बालबालिका कार्यालयमा पञ्चायत भएपछि हजरालाई अबदेखि यातना नदिने ससुराली पक्षले भनेका थिए तर सहमति भएको एक महिना नबित्दै हजरा अल्पआयुमै मृत्युको मुखमा पुगिन् ।

यस प्रकारको घटनाको उदहारण मृतक रञ्जना शर्मा पनि हुन् । शर्मालाई सासु ससुराले नै यातना दिएर हत्या गरेका थिए । पछि उक्त घटनामा पुरा परिवारै थुनामा तानिए । हजरा र शर्माको मृत्यु हुनुको कराण दाइजो थियो ।

महिला हिंसाको कारणमा वैदेशिक रोजगार पनि

महिला हिंसामा दाइजोलाई एउटा प्रमुख कारणको रुपमा देखिएको हो किन भने दाइजो जस्ता घटना उजागर हुने गरेको भए पनि, अन्य घटनालाई पीडित परिवारले लुकाउने गरेको पाइन्छ । जसमध्ये एउटा वैदेशिक रोजगार पनि प्रमुख रहेको छ ।

वैदेशिक रोजगारमा रहेकाको परिवारमा भएको महिला हिंसाको मुद्दा लिएर पीडित ओरेक नेपाल धनुषामा पुग्ने गरेको तथ्यांक देखिएको छ ।
वैदेशिक रोजगारमा गएकाको परिवारमा महिला हिंसा भएको घटना ओरेक नेपाल धनुषामा एक महिनामा मात्र ४/५ वटा दर्ता हुने गरेको ओरेककी अध्यक्ष रोजलिन बच्छार सिंह बताउँछिन् ।

वैदेशिक रोजगारमा गएकाहरुको परिवारमा महिलाप्रतिको हिंसा चरम सीमामा रहेपनि मुद्दा दर्ता भने न्यून मात्रामा हुने गरेको तथ्यांकबाट स्पष्ट हुन्छ । त्यस्ता घटना अदालतसम्म थोरै संख्यामा पुग्ने गरेको छ ।

यौन दुर्व्यवहार

ओरेक धनुषामा दर्ता भएको घटना अनुसार विदेशिएका व्यक्तिका श्रीमती बाह्य व्यक्तिभन्दा आफ्नै घरपरिवारका मान्छेबाट असुरिक्षत देखिएका छन् ।

जेठाजु, ससुरा र देवरले पीडा दिँदा घरका महिला सदस्यले नै बदनामीको डरले पीडितलाई घटना लुकाउन दबाव दिने गरेको समेत देखिएको छ । यस्तै वैदेशिक रोजगारले सम्बन्ध विच्छेदको घटना पनि बढेको ओरेक अध्यक्ष रोजलिन बच्छार सिंहको भनाई छ ।

रेमिट्यान्स सँगै हिंसा थपिँदै

विदेश गएकाको घरमा पैसाले विवाद बढी हुने गरेको देखिएको छ । खासगरी श्रीमानले श्रीमनीको नाममा पैसा पठाउँदा कलह हुन्छ । यसले गर्दा घरेलु हिंसामा वृद्धि भएको देखिन्छ ।

कतिपयको घरमा वैदेशिक रोजगारीमा कमाएको पैसा पाउने महिलालाई दिनहुँ तनाव हुँदा उनी मनोसामाजिक समस्यामा समेत पर्ने गरेको वैदेशिक रोजगार बारे धनुषामा काम गर्दै आएको संस्था सूचना केन्द्रले जनाएको छ ।

श्रीमानले पैसा पठाउँदा आफन्तले खोस्न चाहेको अवस्थामा उक्त पैसा दिन नमान्दा कतिपय महिला उपर कुटपिट हुँदै आएको र उनीमाथि विभिन्न लाञ्छना समेत लाग्ने गरेको सूचना केन्द्र बताउँछ ।

सुरक्षा नै चुनौती

महिंला हिंसाको मुद्दा प्राय मिलापत्रमै सकिन्छ तर सुरक्षित कतिको छ र पीडितले न्याय पाउन सकेको छ वा छैन त्यसको लेखाजोखा हुँदैन । वा भएपनि त्यो कागजातमै सीमित भएको देखिन्छ ।

जसको उदहारणको रुपमा माथि उल्लेखित कथामा मृतक हजराको मुद्दालाई लिन सकिन्छ । महिला तथा बालबालिका कार्यालयमा हरेक दिन यस्तो मुद्दाको दर्ता भए पनि प्रायजसो मिलापत्रमै समाधान हुन्छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाको महिला तथा बालबालिका सेवा केन्द्रमा आर्थिक वर्ष २०७४/०७५ को माघ मसान्तसम्ममा जम्मा ५ सय २ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको तथ्यांक छ ।

उक्त उजुरी मध्ये २३ वटा उजुरी मातहतमा पठाइएको छ भने मिलापत्र गरेर समाधान गरिएको मुद्दाको संख्या २ सय २५ रहेको छ । ती उजुरीहरु मध्ये ५ वटा मात्र अदालतसम्म पुग्न सकेको तथ्यांक छ ।

अधिक घरेलु हिंसाका मुद्दाहरुको समाधान मिलापत्रको माध्यमले हुनु र घरपरिवारको बदनामी हुने डरले पीडित परिवार अदालत पुग्न हिच्किचाउँदा अदालतमा कमै संख्यामा मात्र यस्तो मुद्दाहरुको दर्ता हुने गरेको अधिवक्ता रेखा झा बताउँछिन् ।

अधिवक्ता झाका अनुसार वैदेशिक रोजगारमा गएकाको परिवारमा फरक फरक घटना, हिंसा भए पनि उजुरी भने ती महिलाको विषयमा मात्र पर्ने गरेको छ, जो घर छोडर अरुसँग बिहे गरेकी छन् ।

महिला हिंसाको घटनामा पीडितलाई न्याय मिलेको कुरा कागजातमा उल्लेख हुन्छ तर व्यवहारमा लागु भएको देखिँदैन ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?