माओवादी केन्द्र प्रदेश नं. २ को संसदीय दलको नेतामा मण्डल

माओवादी केन्द्र प्रदेश नं. २ को संसदीय दलको नेतामा मण्डल
+
-

जनकपुर – प्रदेश नं. २ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा रामचन्द्र मण्डल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार भएको संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि सहमतिको प्रयासमा संसदीय दलको नेता चयन गर्न प्रयास भए पनि विफल भएपछि महोत्तरी क्षेत्र नं. १ (ख) बाट विजयी भरत साह र मण्डलबिच निर्वाचन भएको थियो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रका सचीवालय सदस्य समेत रहेका मण्डलले ७ मत प्राप्त गरेका थिए भने, महोत्तरीको क्षेत्र नं. १ (ख) बाट निर्वाचित भरत प्रसाद साहले ४ मत प्राप्त गरेका थिए ।

को हुन रामचन्द्र मण्डल ?

दोश्रो संविधानसभाको निर्वाचनबाट झिनो मतान्तरले पराजित भएका मण्डल माओवादी केन्द्रका सचिवालय सदस्य हुन । नेता मण्डललाई “मास्टर साहब” भनेर चिन्ने गरिन्छ ।

उनी आफू कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीलाई पढाउने गरेको देखेर उनलाई सबैले “मास्टर साहब” भनेर बोलाउथे । जनयुद्धकालमा शिक्षण पेशामा आवद्ध भएका कारण उनको सुपरिचित नाम “मास्टर साहब” रहेकोले सबैले उनलाई सोही नामले बोलाउने गरेको छ ।

उनलाई सो क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ । बुवा परमेश्वर मण्डल र आमा सितल्ली देवी मण्डलको कोखबाट  २०३० साल श्रावण १७ गते जन्मिएका मण्डलको स्थाई घर धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा रहेको छ । न्यून मध्यमवर्गीय परिवारमा हुर्केका रामचन्द्र मण्डलले स्नातकोत्तर गरेका छन् ।

शिक्षण पेशाबाट राजनीतिमा प्रवेश

हाल नेकपा माओवादीका जिल्ला इन्चार्ज समेत रहेका रामचन्द्र मण्डल २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुँदै २०५४ देखि ०६० साल सम्म शिक्षण पेशामा आवद्ध थिए ।

पछि २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएका मण्डल अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य हुदै हाल सचिवालय सदस्य रहेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?