पत्रकार नवोदितसहित चार सम्मानित

पत्रकार नवोदितसहित चार सम्मानित
+
-

विराटनगर- शिशु सेवा समिति विराटनगरले पत्रकार मीनकुमार नवोदितसहित विभिन्न क्षेत्रका चारजनालाई पुरस्कृत गरेको छ।

३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा समितिले ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘शिशु सेवा पत्रकारिता पुरस्कार’बाट यस वर्ष पत्रकार नवोदितलाई पुरस्कृत गरेको हो। नवोदित १७ वर्षभन्दा लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्रमा सक्रिय छन्। उनी हाल कारोबार दैनिकका १ नम्बर प्रदेश संयोजक, मकालु टेलिभिजनका सहसम्पादक र न्यू सृष्टि दैनिकका सम्पादकका रुपमा कार्यरत छन्।

नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ दुईवटा कविता कृति प्रकाशित छन्। उनले विभिन्न ग्रन्थहरूको समेत सम्पादन गरेका छन्। २०४० सालमा स्थापित समितिले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ।

यस्तै कार्यक्रममा संगीतकार कुशेश्वरप्रसाद सिंह राई र बाल साहित्यकार कृष्णप्रसाद घिमिरे ‘कार्तिकेय’लाई संगीत र बाल साहित्यतर्फको पुरस्कार प्रदान गरियो। उनीहरूलाई पनि समेत ११ हजार १ सय ११ राशिसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको छ। यसैगरी ११ हजार १ सय ११ राशिकै ताम्रपत्रसहितको बाल प्रतिभा पुरस्कार विराटनगर–१० की ९ वर्षीया संगीतसाधक सर्वाणी श्रेष्ठलाई प्रदान गरिएको छ।

कार्यक्रममा पोखरिया उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी राम खवासलाई नगद ५ हजारसहित शिक्षा छात्रवृत्ति प्रदान गरिएको थियो। उनीहरू सबैलाई आयोजक संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र समाजसेवी एवं वरिष्ठ साहित्यकार रमाप्रसाद रिजालले संयुक्त रुपमा नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरे।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, शिशु सेवा समितिका सचिव प्राध्यापक कविराज न्यौपाने, सहसचिव धर्मराज भट्टराई, पूर्वअध्यक्ष मञ्जु रिजाल, समाजसेवी स्नेह पोरखेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?