मुनामदन अब बंगलादेशमा, विराटनगरमा तीन अतिरिक्त शो

मुनामदन अब बंगलादेशमा, विराटनगरमा तीन अतिरिक्त शो
+
-

विराटनगर – विराटनगरमा गएको बिहीबार मञ्चन समापन भएको नाटक मुनामदन बंगलादेशमा पनि मञ्चन हुनेभएको छ । सार्क कल्चरल सोसाइटीको अग्रसरतामा मुनामदनलाई बंगलादेश लाने योजना बनाइएको छ ।

यसका लागि पूर्वाधार तयार गर्न सोसाइटीका नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र गुरागाईं चैतको दोश्रो साता बंगलादेश जाने भएका छन् । यसैबीच दर्शकबाट अत्याधिक रुचाइएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित ‘मुनामदन’ नाटक सोमबार तीनवटा अतिरिक्त शो मञ्चन हुने भएको छ ।

विराटनगरस्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटक घरमा बिहान सवा १०, पैने १२ र साढे १ बजे तीनवटा शो मञ्चन हुन लागेको हो । दर्शकबाट अधिक रुचाइएपछि अतिरिक्त शो मञ्चन गर्न लागिएको नाटक आयोजनाका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । नाटकको औपचारिक समापन भने गएको बिहीबार नै भइसकेको छ ।

तर दर्शकबाट अधिक रुचाइएपछि पुनः अतिरिक्त शो देखाउन लागिएको हो । नाटकले सफलता प्राप्त गरिसकेकाले आगामी भदौमा पनि मुनामदन पुनः मञ्चन गरिने नाट्य संयोजक कमल पोखरेलले जनाए । मुनामदनको नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् ।

सुदीप कार्कीले निर्देशन गरेको नाटकमा लकेश दंगाल, सरु कटुवाल, मनाहाङ लावती, अनु श्रेष्ठ, प्रविण राई, जिना राई, निशान मगर, सविना भट्टराई, सन्जित राई, विकेक आचार्य र लकेश राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?