राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल बने ‘महामुर्ख’

राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लाल बने ‘महामुर्ख’
मिनापले जनकपुरमा आयोजना गरेको महामुर्ख सम्मेलनका सहभागी। तस्बिर: देशसञ्चार
+
-

जनकपुरधाम- जनकपुरमा विहीवार सम्पन्न महामुर्ख सम्मेलनमा राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले महामुर्खको उपाधि पाएका छन्।

प्रत्येक वर्षझैँ यसपालि पनि होलीको पूर्वसंध्यामा जनकपुरमा महामुर्ख सम्मेलनको आयोजन गरेर मिथिला नाट्यकला परिषदले लाललाई यस बर्षको महामुर्खको उपाधि दिएको छ।

हिन्दु धर्मावलम्बीहरुको पर्व होलीको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप) महामुर्ख सम्मेलनको आयोजना गरेको हो।

आधुनिकताको कारण होलीको मौलिकता हराउँदै गएको भन्दै मिनापले प्रत्येक बर्ष महामुर्ख सम्मेलन र होरी महोत्सव आयोजना गर्दै आएको छ।

विहीबार जानकी मन्दिरको प्राङ्गणममा महामुर्ख सम्मेलनमा विशिष्ट व्यक्तिलाई महामुर्खको उपाधि दिने विगत २२ वर्षको परम्परा अनुसार मिनापले यस बर्ष लाललाई महामुर्खको उपाधि प्रदान गरेको छ।

विगत वर्ष मधेश आन्दोलनका कारण मिनापले महामुर्ख सम्मेलनको आयोजना स्थगित गरेको थियो।

यसभन्दा पहिले मिनापले वरिष्ठ राजनीतिक विश्लेषक सीके लाल, राजनीतिज्ञ रामचन्द्र झा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, समाजसेवी पवन सिंहानिया लगायतका व्यक्तिलाई महामुर्खको उपाधिले सम्मानित गरिसकेको छ भने अन्य १० जनालाई पनि पटमुर्ख, डपौरशंख सहितको उपाधिले सम्मानित गरिएको छ।

यसै अवसरमा जनकपुरको विभिन्न व्यक्तिहरुलाई विभिन्न उपाधि दिइएको छ।

अधिकांश कविहरुले होलीको अवसरमा व्यंग्यात्मक कविता एवम जोगिरा वाचन पनि गरेका छन्।

कार्यक्रममा रेवती रमणलाल, विजयदत्त मणी, संतोष लाल कर्ण, नरेश ठाकुर, काशीकान्त झा, ब्रजमोहन झा, सरोज मिश्र, पुनम झा, सिद्धिनाथ मिश्र सहितको व्यक्तिहरुले आआफ्नो कविता र जोगिरा वाचन गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?